टाइम फर्मास्युटिकल्सले भोटेकोशी बाढी प्रभावितको राहत र पुनःस्थापनाका लागि सरकारमार्फत ५४ लाख २५ हजार रुपैयाँ सहयोग गरेको छ । कम्पनीले आफू र आफ्नो अन्तर्राष्ट्रिय व्यवसायिक साझेदार HK VJM Hongkong बाट गरी कुल ५४ लाख २५ हजार रुपैयाँ सहयोग गरेको हो ।
कम्पनीका अध्यक्ष डा. जि नारायणबहादुर क्षेत्रीले चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । अध्यक्ष क्षेत्रीका अनुसार प्रमुख जिल्ला अधिकारीमार्फत सहयोग गरिएको उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा जम्मा भइसकेको छ ।
अचानक आइपरेको विपत्तिबाट प्रभावित भएकाहरुको पुनःस्थापना एवम् पुनःनिर्माणका लागि सबैले आफूले सकेको योगदान गर्नुपर्ने दायित्व बोध गरेर कम्पनीले आफू र आफ्नो अन्तर्राष्ट्रिय साझेदारमार्फत सरकारी कोषमा सहयोग रकम उपलब्ध गराइएको अध्यक्ष क्षेत्रीले बताएका छन् ।










