spot_img

देशका मुख्य राजमार्ग बन्द, काठमाडौँमै रोकिए गाडी

spot_img

निरन्तरको वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो खस्दा महत्वपूर्ण राजमार्ग अवरुद्द भएका छन् । राजधानी काठमाडौँ प्रवेश गर्ने मुख्य राजमार्ग नै अवरुद्द हुँदा यात्रुबाहक र मालबाहक गाडीहरु काठमाडौँमै रोकिएका छन् ।

अहिले पृथ्वी राजमार्ग, बीपी राजमार्ग, नारायणगढ–मुग्लिन सडकखण्ड र कान्तिलोकपथ बन्द भएका छन् । जसका कारण काठमाडौँ भित्रिने र बाहिरिने यात्रुहरु प्रभावित भएका छन् । कलंकी र बल्खु क्षेत्रमा अहिले मालबाहक र यात्रुबाहक गाडीहरु रोकेर राखिएको छ ।

यसैबीच अत्यावश्यक खाद्यान्न र इन्धन ढुवानीका लागि त्रिभुवन राजपथलाई वैकल्पिक सडकका रुपमा चलाइएको छ । हेटौंडा–भीमफेदी–नौबिसे–काठमाडौं जोडिने त्रिभुवन राजपथ एकतर्फी सञ्चालनमा ल्याइएको छ । यो बाटो भएर काठमाडौँ भित्रिने सवारी साधनलाई मात्रै चल्न दिइएको छ, काठमाडौँबाट बाहिरिने सवारी साधन चल्न दिइएको छैन । काठमाडौँ उपत्यकामा अत्यावश्यक सामग्री भित्र्याउन सहज होस् भनेर यो सडकलाई एकतर्फी सञ्चालनमा राखिएको बताइएको छ ।

साना सवारीसाधनका लागि हेटौंडा–भीमफेदी–कुलेखानी–फाखेल–फर्पिङ तथा कुलेखानी–सिस्नेरी–फर्पिङ सडक सञ्चालनमा नै रहेको छ । यद्यपी, कुलेखानीको ड्याम भरिन लागेको भन्दै ठाउँ ठाउँमा साइरन राखिएको छ । यसकारण यो मार्गबाट पनि यात्रा भने सहज छैन ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

रोशी खोलाको बाढीले खतराको तह नाघ्यो, साइरन बज्न थाल्यो

बिपी राजमार्गको आडबाट बग्ने रोशी खोलाको बाढीले खतराको तह...

काठमाडौँ महानगरले भन्यो ‘फोहोरलाई घर भित्रै राख्नुहोस्’

लगातारको अविरल वर्षाका कारण फोहोरो व्यवस्थापनमा पनि समस्या भएको...

टाइम फर्मास्युटिकल्सद्वारा बाढी प्रभावितका लागि ५४ लाख २५ हजार सहयोग

टाइम फर्मास्युटिकल्सले भोटेकोशी बाढी प्रभावितको राहत र पुनःस्थापनाका लागि...

वर्षाका कारण देशभरका ५ विमानस्थल बन्द

लगातारको वर्षाका कारण देशभरका ५ विमानस्थल बन्द भएका छन्...

प्रधानमन्त्री शाहद्वारा नेपाल–भारत–चीनबीच ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’ प्रस्ताव

प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल, भारत र चीनको नेतृत्वमा ‘हिमालयन...

सुनको भाउमा सामान्य गिरावट

आज शुक्रबार पनि सुनको भाउ घटेको छ । शुक्रबार...