spot_img

काठमाडौँ महानगरले भन्यो ‘फोहोरलाई घर भित्रै राख्नुहोस्’

spot_img

लगातारको अविरल वर्षाका कारण फोहोरो व्यवस्थापनमा पनि समस्या भएको छ । काठमाडौँ महानगरका अनुसार  फोहर ढुवानी गर्ने सडक र ल्यान्डफिल साइटमा माथिबाट लेदोसहितको माटो खसिरहेको हुँदा फोहर ढुवानी तथा विसर्जन गर्ने कार्यमा असहजता उत्पन्न भएको हो।

यस विषम परिस्थितिका कारण केही समयका लागि फोहर संकलन तथा ढुवानी कार्य प्रभावित हुन सक्ने भएकाले काठमाडौं महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले महानगरवासी, घरधनी, व्यवसायी तथा सम्बद्ध सबैलाई फोहोरलाई घर भित्रै राख्न विशेष अनुरोध गरेको छ।

महानगरले सबैलाई आफ्नो घर, पसल, व्यवसाय तथा कम्पाउण्डबाट निस्कने फोहर सडक, चोक, सार्वजनिक स्थल, खोला–नाला वा अन्य खुला स्थानमा नफाल्न आग्रह गरेको हो। फोहर संकलन नियमित हुन नसक्ने अवधिसम्म सम्भव भएसम्म फोहर सुरक्षित रूपमा आफ्नै घर/परिसरभित्र राख्न महानगरले भनेको छ।

फोहरलाई सड्ने/जैविक र नसड्ने फोहर छुट्याई सुरक्षित रूपमा व्यवस्थापन गर्न महानगरले आग्रह गरेको छ। सडक तथा सार्वजनिक स्थानमा फोहर फाल्दा सडक अवरुद्ध हुनुका साथै वर्षाको पानीको निकासमा समेत बाधा पुग्ने भएकाले विशेष सावधानी अपनाउन महानगरले भनेको छ।

विभागले जनाएअनुसार वर्षा तथा ल्यान्डफिल साइटको अवस्था सामान्य हुनासाथ फोहर संकलन तथा ढुवानी सेवा नियमित रूपमा सुचारु गरिनेछ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

रोशी खोलाको बाढीले खतराको तह नाघ्यो, साइरन बज्न थाल्यो

बिपी राजमार्गको आडबाट बग्ने रोशी खोलाको बाढीले खतराको तह...

देशका मुख्य राजमार्ग बन्द, काठमाडौँमै रोकिए गाडी

निरन्तरको वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो खस्दा महत्वपूर्ण...

टाइम फर्मास्युटिकल्सद्वारा बाढी प्रभावितका लागि ५४ लाख २५ हजार सहयोग

टाइम फर्मास्युटिकल्सले भोटेकोशी बाढी प्रभावितको राहत र पुनःस्थापनाका लागि...

वर्षाका कारण देशभरका ५ विमानस्थल बन्द

लगातारको वर्षाका कारण देशभरका ५ विमानस्थल बन्द भएका छन्...

प्रधानमन्त्री शाहद्वारा नेपाल–भारत–चीनबीच ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’ प्रस्ताव

प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल, भारत र चीनको नेतृत्वमा ‘हिमालयन...

सुनको भाउमा सामान्य गिरावट

आज शुक्रबार पनि सुनको भाउ घटेको छ । शुक्रबार...