आज शुक्रबार पनि सुनको भाउ घटेको छ । शुक्रबार प्रतितोला २ लाख ९९ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ९८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ५६ हजार रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ तोलामा ३० रुपैयाँले घटेर प्रतितोला ४ हजार ६ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । आज १० ग्राम चाँदीको भाउ ३ हजार ९ सय ६१ रुपैयाँ तोकिएको छ ।









