लगातारको वर्षाका कारण देशभरका ५ विमानस्थल बन्द भएका छन् । भिजिविलिटी घट्दा भरतपुर, पोखरा, लुक्ला, सिमरा र सुर्खेत विमानस्थलमा शुक्रबार बिहानैबाट उडान सञ्चालन हुन नसकेको हो ।
काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भने इन्स्ट्रुमेन्ट फ्लाइट सिस्टम (आईएफआर) अन्तर्गत उडान सञ्चालन भइरहेको तर, कमजोर भिजिविलिटीका कारा भिजुअल फ्लाइट सिस्टम (भीएफआर) अन्तर्गत हुने उडान प्रभावित भएको विमानस्थलले जनाएको छ ।
चल्तीका आन्तरिक विमानस्थल बन्द हुँदा उडानको प्रतीक्षामा रहेका पर्यटक तथा यात्रुहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै रोकिएका छन् ।









