Tuesday, July 28, 2026
spot_img

अर्घाखाँची सिमेन्टको ‘वार्षिक सेल्स मिट २०२६’ सम्पन्न

spot_img

अर्घाखाँची सिमेन्टको ‘वार्षिक सेल्स मिट २०२६’ सम्पन्न भएको छ । ललितपुरमा आयोजित उक्त कार्यक्रम साउन ९ गते सम्पन्न भएको हो ।

देशभरबाट सहभागी भएका ३० जनाभन्दा बढी बिक्री तथा मार्केटिङ प्रतिनिधिहरूको उपस्थितिमा भएको उक्त कार्यक्रममा कम्पनीका अध्यक्ष पशुपति मुरारका, प्रबन्ध निर्देशक राजेश कुमार अग्रवाल तथा निर्देशक गौरव अग्रवालको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रममा कम्पनीको आगामी व्यावसायिक रणनीति, नयाँ बिक्री नीति, बजारको वर्तमान अवस्था तथा भावी योजनाका बारेमा विस्तृत छलफल गरिएको थियो । साथै, बिक्री तथा बजार विस्तारलाई थप प्रभावकारी बनाउने विषयमा सहभागीहरूबीच अनुभव आदानप्रदान तथा अन्तरक्रिया समेत गरिएको थियो ।

सम्मेलनमा उत्कृष्ट बिक्री प्रतिनिधिहरूलाई उनीहरूको योगदानको उच्च मूल्याङ्कन गर्दै सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।

अनुभव आदानप्रदान, अन्तरक्रियात्मक छलफल तथा नयाँ नीतिप्रति साझा बुझाइ विकास गर्दै सम्पन्न भएको यस सम्मेलनले कम्पनी र बिक्री टोलीबीचको समन्वयलाई अझ सुदृढ बनाउनुका साथै आगामी लक्ष्यहरू हासिल गर्न साझा प्रतिबद्धता व्यक्त गरेको कम्पनीले जनाएको छ।

अर्घाखाँची सिमेन्टले “सही तौल, सही मूल्य, सही गुणस्तर”को प्रतिवद्धतासहित गुणस्तरीय उत्पादन, ग्राहकप्रतिको विश्वास तथा निरन्तर सुधारलाई प्राथमिकतामा राख्दै नेपालको निर्माण क्षेत्रमा आफ्नो योगदानलाई अझ सशक्त बनाउँदै लैजाने विश्वास व्यक्त गरेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

नेप्सेको सीइओ बन्न चाहनेले १५ दिनभित्र आवेदन दिनु पर्ने, घटाईयो योग्यता

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)को प्रमुख कार्यकारी अधिकृत नियुक्तिको...

असारकै बिजुली खपतमा भ्याटसहित महशुल तिरेका ग्राहकको पैसा के हुन्छ ?

आन्तरिक राजस्व विभागले आर्थिक वर्ष सुरु नहुँदै (असार महिना)...

आज उद्योगीसँग छलफल गर्दै अर्थमन्त्री

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उद्योगी व्यवसायीहरुसँग भेट गर्न लागेका...

विद्युत विकास विभागको महानिर्देशक परिवर्तन हुँदै, गौतमको चर्चा

सरकारले विद्युत विकास विभागको महानिर्देशक परिवर्तन गर्न लागेको चर्चा...

सेबोन पुगे अर्थमन्त्री वाग्ले, राष्ट्र बैंकको जतिकै हैसियतमा पुग्ने गरी काम अघि बढाउँन निर्देशन

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपाल धितोपत्र बोर्डको कार्यालय...

असारको विद्युत खपतमा भ्याट नलाग्ने

आन्तरिक राजस्व विभागले २०८३ असार महिनाको विद्युत खपतमा मूल्य...
spot_img