spot_img

सर्वोच्चको फैसला : ‘महाप्रसाद अधिकारीको योग्यता सम्बन्धमा थप विश्लेषण गर्नुपर्ने देखिएन’

spot_img

सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको योग्यताबारेको रिटको फैसलाको पूर्णपाठ हालै सार्वजनिक गरेको छ । आफ्नो कार्यकाल अवधिभर मुद्दा झेलेका अधिकारीको कार्यकाल सकिएको ३ महिनापछि सर्वोच्च अदालतले उनको योग्यतामाथि प्रश्न उठाएर दायर भएको रिट खारेज गरेको थियो।

गभर्नर अधिकारीको कार्यकाल गत २०८१ चैत्र २३ गते सकिएको थियो।   सर्वोच्चका न्यायधीशद्वय शारङ्गा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलाशले २०८२ साउन २६ गते अधिकारी विरुद्दको रिट खारेज गरेको थियो।

सर्वोच्चले फैसला पूर्णपाठ सार्वजनिक गर्दै महाप्रसाद अधिकारीको गभर्नर पदमा नियुक्तिको लागि कानूनमा तोकिएको योग्यता नपुगेको भन्ने निवेदन दाबीसँग सहमत हुन नसकिएको उल्लेख गरेको छ। गभर्नर महाप्रसाद अधिकारीले त्रिभुवन विश्‍व विद्यालयबाट वि.स.२०४५ साल (सन् १९८८) मा व्यवस्थापन विषयमा स्नातक तह उतिर्ण गरी सन् १९९३ मा The Institute of Chartered Accountants of India बाट Chartered Accountancy उतिर्ण गरेका थिए । सो Chartered Accountancy को उपाधिलाई प्रचलित कानूनबमोजिम त्रिभुवन विश्‍वविद्यालयले मास्टर अफ कमर्स (एम.कम.) को शैक्षिक योग्यताको मान्यता र समकक्षता प्रदान गरेको र सो एम.कम. तहको उपाधि त्रिभुवन विश्‍वविद्यालयको व्यवस्थापन संकाय अन्तर्गतको स्नातकोत्तर तहको शैक्षिक उपाधि सरहको रहेकोमा सर्वोच्च सहमत भएको छ।

कानूनमा तोकिएको योग्यता पुगेको आधारमा गभर्नरको पदमा गरिएको नियुक्ति कानूनसम्मत रहेको छ भन्ने नेपाल राष्ट्र बैंक संचालक समिति, नेपाल सरकार मन्त्रिपरिषद, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अर्थ मन्त्रालय सबैले समान व्यहोराको लिखित जवाफ पेश गरेपछि सर्वोच्च अदालतले उनको योग्यतामाथि परेको रिट खारेज गरेको हो।

महाप्रसाद अधिकारीको योग्यताको र नियुक्तिको सम्बन्धमा प्रश्न उठाई ४ वर्षपछि बिलम्ब गरी मुद्दा दायर भएको र बिलम्ब हुनुको कारण निवेदनमा उल्लेख नभएको पनि सर्वोच्चले उल्लेख गरेको छ। फैसलामा भनिएको छ ‘महाप्रसाद अधिकरीको गभर्नर पदको पदावधि मिति 2081।12।23 मा समाप्त भैसकेको अवस्था समेत मिसिलबाट देखिंदा विवादित विषयतर्फ प्रवेश गरी प्रत्यर्थी महाप्रसाद अधिकारीको नियुक्तिको योग्यता सम्बन्धमा थप विश्लेषण गर्नुपर्ने देखिएन।’

‘रिट निवेदनको औचित्य र प्रयोजन नै समाप्त भएको देखिंदा रिट निवेदन खारेज हुने ठहर्छ। ‘ सर्वोच्चको फैसलामा भनिएको छ ।

यस फैसला मार्फत सर्वोच्चले Chartered Accountancy को उपाधि मास्टर अफ कमर्स (एम.कम.) सरह भएको  स्वीकार गरेको छ । यसले सीए गरेर विभिन्न राजनीतिक नियुक्ति लिएका र पछि लिन सक्नेहरुको लागि पनि नजिर स्थापना भएको छ।

के थियो मुद्दा ?

२०८० पुस १२ गते जोशी ल एण्ड एसोसिएट्सका अधिवक्ता दिपकराज जोशी , ठकुाराठी एशोसिएट्सका अधिवक्ता प्रतापसिंह ठकुराठी , विप्स ल एसोसिएट्स प्रा.लि का संचालक अधिवक्ता दामोदर तिम्सिना र  चुडामणी भण्डारीले गभर्नर अधिकारीको योग्यतामाथि प्रश्न उठाउदै संयुक्त रुपमा रिट दायर गरेका थिए।

राष्ट्र बैंकको गभर्नर बन्न तोकिएको शैक्षिक योग्यतामा स्नातकोत्तर गरेको हुनु पर्ने व्यवस्था रहेको तर गभर्नर अधिकारीले सीए गरेको र सीएको उपाधिले हालसम्म पनि स्नातकोत्तर सरह मान्यता नपाएको जिकिर रिटमा गरिएको थियो।  गभर्नरको नियुक्ति बदर गर्न रिटमा माग गरिएको थियो। उनको योग्यता नपुगेकोले उनलाई गभर्नर नियुक्त गर्ने मिति २०७६।१२।२४ को मन्त्रिपरिषदको निर्णय बदर गर्न रिटमा माग गरिएको थियो।  रिटमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय , अर्थ मन्त्रालय , राष्ट्र बैँक , नेपाल राष्ट्र बैँक संचालक समिति र गभर्नर महाप्रसाद अधिकारीलाई विपक्षी बनाईएको थियो।

यस मुद्दामा २०८० पुस १३ गते न्यायधीश शुष्मालता माथेमाको एकल इजलाशले यस मुद्दामा विपक्षीहरुसँग लिखित जवाफ माग्ने आदेश दिएको थियो । त्यस पछि ७ पटक यस मुद्दाको पेशी तोकिए पनि मुद्दामा सुनुवाई भएको थिएन । ८ औं पटकको सुनुवाईमा सर्वोच्चले उनी विरुद्दको रिट खारेज गरेको थियो।

त्यस्तै २०७९ वैशाखमा जनार्दन शर्मा अर्थ मन्त्री रहेको बेला सरकारले गभर्नर अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको थियो ।  त्यस निर्णय विरुद्द गभर्नर अधिकारी २०७९ वैशाख ५ गते सर्वोच्च अदालत गएका थिए । त्यस मुद्दामा २०७९ वैशाख ६ गते सर्वोच्चका न्यायधीश हरिप्रसाद फुयालको इजलाशले सो मुद्दामा कारण देखाउ आदेश, र अल्पकालीन अन्तरिम आदेश जारी गर्दै अन्तरिम आदेश दिने कि नदिने भन्ने विषयमा छलफल गर्न दुवै पक्षलाई बोलाउने आदेश दियो। २०७९ वैशाख १६ गते न्यायधीश सपना प्रधान मल्ल र  टंकबहादुर मोक्तानको संयुक्त इजलाशले वैशाख ६ कै अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको थियो । अर्थात् सर्वोच्चले गभर्नरलाई निलम्बन नगर्न अन्तरिम आदेश दिएको थियो।  सोहि अन्तरिम आदेशमा टेकेर गभर्नर अधिकारी कार्यकालको अन्तिमसम्म पनि जिम्मेवारी रहेका थिए। सो रिट पनि सर्वोच्चले खारेज गरिसकेको छ।

विदाईको दिनमा पनि अधिकारीले आफुलाई बर्खास्त गरिएको प्रसङ्ग कोट्याएका थिए । उनले आफुलाई बर्खास्त गर्ने कदमबाट राष्ट्र  बैंकमाथि आइपरेको प्रतिकुल अवस्थामा समेत बैंकको स्वायत्तताको पक्षमा वकालत गरी राष्ट्र बैंकको गरिमालाई अक्षुण राख्न सहयोग गर्ने पूर्व गभर्नरहरू, विद्वान अर्थशास्त्रीहरू, लब्धप्रतिष्ठित व्यक्तिहरू र सञ्चार जगतप्रति आभार व्यक्त गरेका थिए।

अधिकारीको कार्यकाल सकिएपछि सरकारले डा. विश्वनाथ पौडेललाई राष्ट्र बैंकको गभर्नर नियुक्त गरेक छ। पौडेलको योग्यता विरुद्दपनि सर्वोच्चमा रिट दर्ता भएको छ। जुन हाल विचाराधीन अवस्थामा छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नेपालमै बनेको स्कुटर ‘यात्री P2’ को मूल्य सार्वजनिक

सिप्रदी यात्रीले नेपालमै उत्पादन गरेको नयाँ इलेक्ट्रिक स्कुटर ‘यात्री...

इजरालय पठाइदिने भन्दै १५६ जनालाई ठग्ने चौलागाईं पक्राउ

वैदेशिक रोजगारी सम्बन्धि ठगीको आरोपमा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि...

साउनमा वाणिज्य बैंकको खुद नाफा ८ अर्ब ७३ करोड, कुनको कति ?

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना अर्थात् २०८३...

नदी तटीय क्षेत्रको शहरीकरण र विकास आयोजनाको मापदण्ड फेर्न सरकारलाई निर्देशन

संसदको अर्थ समितिले नदी तटीय क्षेत्रमा हुने शहरीकरण एवम्...

होटेल सब्रिना लिमिटेडको आठौँ वार्षिक साधारणसभा सम्पन्न

होटेल सब्रिना लिमिटेडको आठौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।...

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठ नियुक्त

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठ नियुक्त...