Monday, July 27, 2026
spot_img

सेबोन पुगे अर्थमन्त्री वाग्ले, राष्ट्र बैंकको जतिकै हैसियतमा पुग्ने गरी काम अघि बढाउँन निर्देशन

spot_img

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपाल धितोपत्र बोर्डको कार्यालय भ्रमण गरि पूँजी बजार विकास सम्बन्धमा मार्गदर्शन दिएका छन् । मन्त्रीको उक्त भ्रमणका अवसरमा आयोजित कार्यक्रममा अर्थ सचिव डा. घनश्याम उपाध्यायसहित अर्थ मन्त्रालयका उच्च पदाधिकारीहरू, बोर्डको सञ्चालक समितिका सदस्यहरू एवं बोर्डका उच्च पदस्थ कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

बोर्ड अध्यक्षले मन्त्रीलाई स्वागत गर्दै पूँजी बजारको विकास तथा विस्तारका लागि बोर्डबाट अगाडि बढाइएका कार्यहरूको संक्षेपमा जानकारी गराएका थिए। उक्त क्रममा बोर्ड अध्यक्षले पूँजी बजारको Overall vision को रूपमा Capital Market Development Blueprint तयार भई लागू गर्नुका साथै आ.व. २०८३।८४ को पूँजी बजार नीति र कार्ययोजना समेत कार्यान्वयन शुरुवात भईसकेको जानकारी गराएका थिए । त्यस्तै, पूँजी बजार विकासका लागि बोर्डले लिएका दिशा सम्बन्धमा अर्थमन्त्रीलाई जानकारी गराउँदै बोर्डबाट २०८३ साउन महिनाभित्र प्राथमिक तथा दोश्रो बजारमा उपकरणहरू (जस्तै प्रारम्भिक सार्वजनिक निष्कासन (IPO), अन्तरदिवसीय कारोबार (Intraday Trading), Margin Lending, Short-Selling लगायतका चालू आ.व. २०८३।८४ को नीति तथा कार्यक्रममा तय गरिएका विभिन्न क्षेत्रका Consultative Papers, नियम/निर्देशिका तयार गर्ने र सोमा प्राप्त सुझावका आधारमा २०८३ भाद्र महिनादेखि सरोकारवालाहरूसँग परामर्श शुरु गरी नीति, नियम, निर्देशिकालाई आवश्यक परिमार्जन गर्ने योजना रहेको जानकारी गराए।

सोही क्रममा बोर्ड अध्यक्षले पूँजी बजार विकासमा विद्यमान चुनौती र समस्या तथा पूँजी बजार नीति निर्माण र बोर्डका कर्मचारीको कार्य उत्प्रेरणा जगाउन नीति कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न एवं अन्य आवश्यक सहयोगको लागि मन्त्रालयबाट सहजीकरणका लागि समेत मन्त्रीलाई अनुरोध गरेका थिए।

अर्थ मन्त्रीले बोर्डको भ्रमणको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा बोर्डबाट नियामकीय गुणस्तर (Regulatory Quality) मा अभिवृद्धि गर्दै उच्च नैतिकतासहित पूँजी बजार विकास कार्य अगाडि बढाउन निर्देशन दिए। उनले नवनियुक्त अध्यक्षको नियुक्तिसँगै बोर्डले Long term strategy लिएर अगाडि बढेको तथा बजार विकासको गति समाएर अगाडि बढन खोज्दा बजारमा सकारात्मक सन्देश पुगेको बताए । सोही क्रममा उनले वित्तीय प्रणालीमा नेपाल राष्ट्र बैंकको जतिकै सशक्त भूमिका रहेको नेपाल धितोपत्र बोर्डलाई सोही हैसियतमा पुग्ने गरी कार्य अगाडि बढाउन समेत निर्देश गरे ।

अर्थमन्त्रीले बोर्डलाई विचलन बिना गह्रुँगो Regulator को रूपमा विकास सँगै नेपालमा बढदो डिम्याट सँग लगानीकर्ताको अपेक्षा निकै बढेको हुँदा सोही अनुरूप संस्थागत विकासका लागि समेत निर्देशन दिए । सम्बोधनका क्रममा बोर्डबाट नीति निर्माण गर्दा Political-Economy को कोणबाट नीति निर्माण गरी सम्बद्ध पक्षहरूसँग पर्याप्त छलफल पश्चात लागू गरेमा बजारको दिगो विकासमा सघाँउ पुग्ने भएकोले बोर्डको ध्यान त्यतातर्फ हुनुपर्नेमा जोड दिए ।

सम्बोधन मन्तव्यको क्रममा उनले नयाँ सरकार तथा नयाँ नेतृत्वसँगै SEBON को कार्यपद्धतिमा परिवर्तन भएको सकारात्मक सन्देश लगानीकर्ताबीच प्रवाह भएको र नियामकीय एवं कानूनी सुधारका लागि नेपाल सरकारबाट सबै किसिमको सहजीकरण हुने बताए ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

असारको विद्युत खपतमा भ्याट नलाग्ने

आन्तरिक राजस्व विभागले २०८३ असार महिनाको विद्युत खपतमा मूल्य...

इण्डियन च्याम्बर अफ कमर्शद्वारा नेपाल एसबिआई बैंक सम्मानित

नेपाल एसबिआई बैंक लिमिटेड इण्डियन च्याम्बर अफ कमर्शद्धारा बैंक...

सर्वोच्चको फैसला : ‘महाप्रसाद अधिकारीको योग्यता सम्बन्धमा थप विश्लेषण गर्नुपर्ने देखिएन’

सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको...

संकटमा नेपालको एयरलाइन्स उद्योग

मध्यपूर्वी देशहरुमा जारी रहेको तनाव र इन्धनको मूल्य वृद्धिका...

आज पनि बढ्यो सुनचाँदीको भाउ

आज सोमबार पनि सुनचाँदीको भाउ बढेको छ । आइतबार...
spot_img