spot_img

विद्युत विकास विभागको महानिर्देशक परिवर्तन हुँदै, गौतमको चर्चा

spot_img

सरकारले विद्युत विकास विभागको महानिर्देशक परिवर्तन गर्न लागेको चर्चा ऊर्जा क्षेत्रमा चलेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले यसै साता नै मन्त्रीस्तरीय निर्णय गरेर विभागमा नयाँ महानिर्देशक पठाउन लागेको चर्चा मन्त्रालयदेखि विभागसम्मै छ ।

हाल विभागको महानिर्देशकमा मनदेवी श्रेष्ठ छिन् । उनी २०८२ असोजमा विभागको महानिर्देशक नियुक्त भएकी थिईन् । तत्कालीन ऊर्जा मन्त्री कुलमान घिसिङले श्रेष्ठलाई विभागको महानिर्देशकको रुपमा नियुक्त गरेका थिए। श्रेष्ठ विभागको पहिलो महिला महानिर्देशक समेत हुन् । अब भने उर्जामन्त्री विराजभक्त श्रेष्ठले मनदेवी श्रेष्ठलाई अन्यन्त्र पठाएर विभागमा नयाँ महानिर्देशक नियुक्त गर्न लागेको बताईएको छ।

नयाँ महानिर्देशकको लागि हाल उर्जा मन्त्रालयका सहसचिव रहेका सागरराज गौतमको नाम अत्याधिक चर्चामा छ। गौतम हाल मन्त्रालयको विकास सहायता तथा प्रादेशिक समन्वय महाशाखा प्रमुख छन् । गौतम २०८० माघमा सहसचिवमा बढुवा भएका थिए ।

गौतम विद्युत नियमन आयोगको अध्यक्ष र सदस्य सिफारिस गर्न गठित समितिको सदस्य पनि थिए।  विराज भक्त श्रेष्ठ मन्त्री भएपछि सहसचिव सागरराज गौतम कै नेतृत्वमा पेन्डिङ पीपीए तथा अनुमतिपत्र १८० दिनभित्र टुंग्याउने समिति गठन भएको थियो। सो समितिले विद्युत खरिद सम्झौता (पीपीए) गरी लामो समयसम्म शून्य प्रगतिमा रहेका १ हजार ३८८ मेगावाट क्षमताका ३८ वटा जलविद्युत आयोजनाको अनुमति रद्द गर्न सिफारिस गरेको थियो । उनी नेतृत्व कै समितिले लाईसेन्स रद्दसम्मको सिफारिस गरेको र सो कार्यान्वयन विभाग मार्फत हुने भएकोले त्यसको जिम्मा उनलाई नै दिन उपयुक्त हुने भएकोले पनि विभागमा मन्त्रीले गौतमलाई पठाउन खोजेको बताईन्छ । मन्त्री श्रेष्ठ आएपछि गौतमले विभिन्न थप जिम्मेवारी पाएकोले पनि गौतमलाई मन्त्री श्रेष्ठको विश्वासपात्रको रुपमा हेरिएको छ ।

यदि वरिष्ठ सहसचिवलाई बनाईएमा भने जीवछ मण्डल पनि महानिर्देशक बन्न सक्ने चर्चा छ। मण्डल यस अघि दुई पटक विभागको महानिर्देशक भईसकेका छन् । मनदेवी श्रेष्ठ आउनु अघि मण्डल नै विभागको महानिर्देशक थिए। हाल भने मण्डल जल तथा ऊर्जा आयोगको सचिवालयमा छन् । उनी आयोगको प्रवक्ताको जिम्मेवारीमा छन् । मण्डल सिनियर सहसचिव हुन् । उनी २०७१ मा सहसचिवमा बढुवा भएका थिए। उनी निकटका अनुसार सरकारले सहसचिव बढुवा नियमित रुपमा गरेको भए उनी सचिवको लागि सिफारिस भईसकेका हुन्थे ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

राइड सेयरिङका लागि ‘भेट्रा एरोन’ इलेक्ट्रिक स्कुटर सार्वजनिक, शून्य डाउनपेमेन्ट

५ हजार जनालाई स्वरोजगारमा जोड्ने लक्ष्यसहित तपाईंको बजारले राइड...

सम्पत्ति विवरण पेश गर्न नसकेका कर्मचारीलाई ३० दिन म्याद थप

भोटेकोशी क्षेत्रमा गएको बाढीका कारण तोकिएको समयमा सम्पत्ति विवरण...

‘रियल स्टेट क्षेत्रको पुर्नउत्थान नगरी आर्थिक शिथिलताको अन्त्य हुँदैन’

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले रियल...

टाटाद्वारा विश्वकर्मा पूजाको दिन १५० गाडी डेलिभरी

विश्वकर्मा पूजाको अवसर पारेर नेपालका लागि टाटा मोटर्सको एकमात्र...

अब सरकारी निर्णय डिजिटल हुने, हरेक फाइललाई युनिक नम्बर र क्यूआर कोड

सरकारले सार्वजनिक प्रशासनको निर्णय प्रणालीलाई थप जिम्मेवार, छिटोछरितो र...

भोटेकोशी बाढीमा बेपत्ता कर्मचारीको परिवारलाई प्राधिकरणले ल्यायो राहत प्याकेज

नेपाल विद्युत प्राधिकरणले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा...