आज सोमबार पनि सुनचाँदीको भाउ बढेको छ । आइतबार प्रतितोला २ लाख ८७ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा १ हजार ४ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ८८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ४७ हजार ३ सय ४० रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ४ सय ४५ रुपैयाँमा किनबेच भइरहेको छ । आज १० ग्राम चाँदीको भाउ ३ हजार ८ सय १० रुपैयाँ ५० पैसा तोकिएको छ ।









