Tuesday, July 28, 2026
spot_img

असारकै बिजुली खपतमा भ्याटसहित महशुल तिरेका ग्राहकको पैसा के हुन्छ ?

spot_img

आन्तरिक राजस्व विभागले आर्थिक वर्ष सुरु नहुँदै (असार महिना) को विद्युत खपतमा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने प्रष्ट पारेपछि अब भ्याटसहित महशुल तिरिसकेका उपभोक्ताको हकमा के हुन्छ भन्ने प्रश्न उब्जेको छ ।

नेपाल विद्युत प्राधिकरणले असारकै विद्युत खपतमा मूल्य अभिवृद्धि कर (भ्याट) जोडेर बिल पठाएपछि सिर्जना भएको अन्योलतालाई चिर्दै आन्तरिक राजस्व विभागले २०८३ असार महिनाको विद्युत खपतमा भ्याट नलाग्ने प्रष्ट पारिसकेको छ । तर, असारमा खपत भएको बिजुलीको बिल साउन ५ गतेपछि पठाएको प्राधिकरणले भ्याट जोडेको थियो । यस विषयमा उपभोक्ताले प्राप्त गरेको बिलसहित बिजनेशपाना लगायतका मिडियाले समाचार प्रकाशन गरेका थिए ।

भ्याटको नियम नयाँ आर्थिक वर्षको बिलबाट सुरु हुनुपर्ने भएपनि प्राधिकरणले भने असारकै बिलमा पनि भ्याट लिएको थियो । तर, विभागले साउन ११ गते सूचना जारी गर्दै साउन १ गतेअघिको विद्युत खपतमा आर्थिक ऐन, २०८३ अनुसार भ्याट नलाग्ने प्रष्ट पारेको हो । विभागले असारको खपतको बिल साउन १ गते वा त्यो भन्दा पछाडी पठाएपनि प्राधिकरणले उपभोक्तालाई भ्याट जोड्न नपाउने भनेको छ ।

त्र, विभागले साउन १ गतेदेखिको खपतमा भने न्यूनतम शुल्क वा डिमान्ड चार्जमा भ्याट लाग्ने जनाएको छ । आर्थिक ऐन, २०८३ ले मूल्य अभिवृद्धि कर ऐन, २०५२ लाई संशोधन गर्दै विद्युत् सेवा प्रदान गर्ने व्यक्तिले अन्तिम उपभोक्तालाई ५ प्रतिशत र अन्य उपभोक्ताको हकमा १३ प्रतिशत भ्याट लाग्ने व्यवस्था गरेको छ ।

भ्याट तिरिसकेका उपभोक्ताको हकमा के हुन्छ ?
प्राधिकरणले असारकै बिलमा भ्याट जोडेर पठाएपछि महशुल तिरिसकेका उपभोक्ताले अब आगामी महिनाको बिलमा समायोजन हुनेछ । प्राधिकरणले सोमबार राती एक सूचना जारी गर्दै भ्याट तिरिसकेका उपभोक्ताको हकमा अब साउन महिनाको विद्युत खपतबापत भदौमा काटिने बिलमा समायोजन गरिने जनाएको छ ।

प्राधिकरणले यसअिघ असार मसान्तसम्म खपत भएको बिजुलीको बिल साउनमा जारी गर्दा भ्याटसहित जारी भएको र अब साउनमा खपत भएको बिजुलीको बिल भदौमा जारी हुने र त्यतिबेला अहिले तिरिएको भ्याट समायोजन गरिने जनाएको हो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

नेप्सेको सीइओ बन्न चाहनेले १५ दिनभित्र आवेदन दिनु पर्ने, घटाईयो योग्यता

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)को प्रमुख कार्यकारी अधिकृत नियुक्तिको...

अर्घाखाँची सिमेन्टको ‘वार्षिक सेल्स मिट २०२६’ सम्पन्न

अर्घाखाँची सिमेन्टको ‘वार्षिक सेल्स मिट २०२६’ सम्पन्न भएको छ...

आज उद्योगीसँग छलफल गर्दै अर्थमन्त्री

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उद्योगी व्यवसायीहरुसँग भेट गर्न लागेका...

विद्युत विकास विभागको महानिर्देशक परिवर्तन हुँदै, गौतमको चर्चा

सरकारले विद्युत विकास विभागको महानिर्देशक परिवर्तन गर्न लागेको चर्चा...

सेबोन पुगे अर्थमन्त्री वाग्ले, राष्ट्र बैंकको जतिकै हैसियतमा पुग्ने गरी काम अघि बढाउँन निर्देशन

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपाल धितोपत्र बोर्डको कार्यालय...

असारको विद्युत खपतमा भ्याट नलाग्ने

आन्तरिक राजस्व विभागले २०८३ असार महिनाको विद्युत खपतमा मूल्य...
spot_img