Monday, July 27, 2026
spot_img

असारको विद्युत खपतमा भ्याट नलाग्ने

spot_img

आन्तरिक राजस्व विभागले २०८३ असार महिनाको विद्युत खपतमा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने प्रष्ट पारेको छ । विद्युत प्राधिकरणले असारको खपतमै भ्याट जोडर बिल पठाएपछि यस सम्बन्धमा अन्योल सिर्जना भएको थियो ।

तर, विभागले सूचना जारी गर्दै साउन १ गतेअघिको खपतमा आर्थिक ऐन, २०८३ अनुसार भ्याट नलाग्ने प्रष्ट पारेको हो । विभागले असारको खपतको बिल साउन १ गते वा त्यो भन्दा पछाडी प्राप्त भएपनि उपभोक्तालाई भ्याट नलाग्ने स्पष्ट पारेको छ ।

विभागले साउन १ गतेदेखिको खपतमा भने न्यूनतम शुल्क वा डिमान्ड चार्जमा भ्याट लाग्ने जनाएको छ ।

आर्थिक ऐन, २०८३ ले मूल्य अभिवृद्धि कर ऐन, २०५२ लाई संशोधन गर्दै विद्युत् सेवा प्रदान गर्ने व्यक्तिले अन्तिम उपभोक्तालाई ५ प्रतिशत र अन्य उपभोक्ताको हकमा १३ प्रतिशत भ्याट लाग्ने व्यवस्था गरेको छ ।

विद्युत् प्राधिकरणले असारमै खपत गरेको बिजुलीको बिलमा भ्याट जोडेर ग्राहकलाई पठाएको थियो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

सेबोन पुगे अर्थमन्त्री वाग्ले, राष्ट्र बैंकको जतिकै हैसियतमा पुग्ने गरी काम अघि बढाउँन निर्देशन

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपाल धितोपत्र बोर्डको कार्यालय...

इण्डियन च्याम्बर अफ कमर्शद्वारा नेपाल एसबिआई बैंक सम्मानित

नेपाल एसबिआई बैंक लिमिटेड इण्डियन च्याम्बर अफ कमर्शद्धारा बैंक...

सर्वोच्चको फैसला : ‘महाप्रसाद अधिकारीको योग्यता सम्बन्धमा थप विश्लेषण गर्नुपर्ने देखिएन’

सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको...

संकटमा नेपालको एयरलाइन्स उद्योग

मध्यपूर्वी देशहरुमा जारी रहेको तनाव र इन्धनको मूल्य वृद्धिका...

आज पनि बढ्यो सुनचाँदीको भाउ

आज सोमबार पनि सुनचाँदीको भाउ बढेको छ । आइतबार...
spot_img