Monday, July 27, 2026
spot_img

राष्ट्र बैंकद्वारा चार वटा विकास बैंक र एउटा फाइनान्स कम्पनीलाई कारवाही

spot_img

नेपाल राष्ट्र बैंकले चार वटा विकास बैंक र एउटा फाइनान्स कम्पनीलाई कारवाही गरेको छ।  राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागले आर्थिक वर्ष २०८२÷८३ को तेस्रो र चौथो त्रयमासमा यी वित्तीय संस्थालाई कारवाही गरेको हो।

जस अनुसार तेस्रो त्रैमासमा सिन्धु विकास बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, र मितेरी डेभलपमेन्ट बैंक कारवाहीमा परेका छन् । यी बैंकहरुको अनिवार्य नगद मौज्दात नपुग भएकोले राष्ट्र बैंकले जरिवाना गरेको हो ।

राष्ट्र बैंकका अनुसार मिति २०८२ पुस १३ गते देखि २०८२ फागुन ०९ गतेसम्मको अवधिको लागि अनिवार्य मौज्दात रकम कायम नगरेकाले सिन्धु विकास बैंकलाई विद्यमान व्यवस्था बमोजिम रु. २।८४ जरिबाना लगाइएको छ। त्यस्तै मिति २०८२ पुस १३ गते देखि २०८२ फागुन ०९ गतेसम्मको अवधिको लागि अनिवार्य मौज्दात रकम कायम नगरेकाले सप्तकोशी डेभलपमेन्ट बैंकलाई विद्यमान व्यवस्था बमोजिम रु. १०,२५३।८५ जरिबाना लगाइएको राष्ट्र बैंकले जनाएको छ। २०८२ पुस १३ गते देखि २०८२ फागुन ०९ गतेसम्मको अवधिको लागि अनिवार्य मौज्दात रकम कायम नगरेकाले मितेरी डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकले विद्यमान व्यवस्था बमोजिम रु. १८,५०५।७१ जरिबाना लगाएको छ।

त्यस्तै चौथो त्रैमासमा भने विकास बैंक तर्फ नारायणी डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंक कारवाहीमा परेका छन् । फाइनान्सतर्फ रिलायन्स फाइनान्स कारवाहीमा परेको हो।

कसलाई के कारवाही ?

नारायणी डेभलपमेन्ट बैंकका तत्कालीन सीईओ विष्णु रेग्मी : संस्थालाई समस्याग्रस्त संस्थाको सूचीबाट हटाउँदा राखिएको शर्त बमोजिम संस्थाले एउटै ग्राहक, फर्म, कम्पनी वा आपसी सम्बन्ध भएका ग्राहकहरुको समुहलाई कोषमा आधारित(Fund Based) कर्जा सापट र गैरकोषमा आधारित (Non- Fund Based) सुविधाहरु समेत गरी आफ्नो प्राथमिक पुँजीको बढीमा १० प्रतिशतसम्मको सीमा कायम गरी प्रदान गर्न सक्ने गरी एकल ग्राहक कर्जा सीमा कायम गरिएकोमा आ.व. २०८१÷८२ मा संस्थाले उक्त व्यवस्थाको उल्लंघन गरी कर्जाहरु प्रवाह गरेको देखिएको र उक्त समयमा प्रमुख कार्यकारी अधिकृत पदमा बहाल रहनु भएकोले यस प्रकारका कैफियत दोहोरिन नदिनका लागि नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ को खण्ड (क) बमोजिम बिष्णु रेग्मीलाई (तत्कालीन प्रमुख कार्यकारी अधिकृत) सचेत गराइएको ।

सप्तकोशी डेभलपमेन्ट बैंकका सीइओ दिनेश कुमार पोखरेल : संस्थाको २०८२ असोज मसान्तको अपरिष्कृत वित्तीय विवरणको आधारमा गरिएको समष्टिगत स्थलगत निरीक्षणको क्रममा संस्थाको भल्टमा रहेको नगदमा भएको अपचलन तथा ग्राहकको खातामा कर्मचारीको अनधिकृत पहुँच भएको देखिएकोले संस्थाको आन्तरिक नियन्त्रण प्रणालीमा गम्भीर कमजोरी देखिएको साथै यस प्रकारका घटनाहरु जानकारीमा आएपछि समेत विस्तृत छानविन गरी दोषीउपर कारवाही नगरेको तथा सो घटना सम्बन्धमा संस्थाको आन्तरिक नियन्त्रण प्रणाली÷आन्तरिक जाँचमा भएको कमजोरी यकिन गरी संस्थाको नीति तथा कार्यविधिमा आवश्यक संशोधन गरी पर्याप्त सुधार गर्न नसकेकोले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) को खण्ड (क) बमोजिम सचेत गराइएको।

सप्तकोशी डेभलपमेण्ट बैंकका सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरु: संस्थाको २०८२ असोज मसान्तको अपरिष्कृत वित्तीय विवरणको आधारमा गरिएको समष्टिगत स्थलगत निरीक्षणको क्रममा संस्थाको भल्टमा रहेको नगदमा भएको अपचलन तथा ग्राहकको खातामा कर्मचारीको अनधिकृत पहुँच भएको देखिएकोले संस्थाका आन्तरिक नियन्त्रण प्रणालीमा गम्भीर कमजोरी देखिएको साथै यस प्रकारका घटनाहरु जानकारीमा आएपछि समेत विस्तृत छानविन गरी दोषीउपर कारवाही नगरेको तथा सो घटना सम्बन्धमा संस्थाको आन्तरिक नियन्त्रण प्रणाली÷आन्तरिक जाँचमा भएको कमजोरी यकिन गरी संस्थाको नीति तथा कार्यविधिमा आवश्यक संशोधन गरी पर्याप्त सुधार गर्न नसकेकोले संस्थाको सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरुलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) को खण्ड (क) बमोजिम सचेत गराइएको ।

रिलायन्स फाइनान्स : २०८२ फागुन १० गते देखि २०८३ वैशाख ०५ गते सम्मको अवधिको लागि अनिवार्य मौज्दात रकम कायम नगरेकाले विद्यमान व्यवस्था बमोजिम २,९२४।४८ जरिबाना लगाइएको ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

असारको विद्युत खपतमा भ्याट नलाग्ने

आन्तरिक राजस्व विभागले २०८३ असार महिनाको विद्युत खपतमा मूल्य...

इण्डियन च्याम्बर अफ कमर्शद्वारा नेपाल एसबिआई बैंक सम्मानित

नेपाल एसबिआई बैंक लिमिटेड इण्डियन च्याम्बर अफ कमर्शद्धारा बैंक...

सर्वोच्चको फैसला : ‘महाप्रसाद अधिकारीको योग्यता सम्बन्धमा थप विश्लेषण गर्नुपर्ने देखिएन’

सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको...

संकटमा नेपालको एयरलाइन्स उद्योग

मध्यपूर्वी देशहरुमा जारी रहेको तनाव र इन्धनको मूल्य वृद्धिका...

आज पनि बढ्यो सुनचाँदीको भाउ

आज सोमबार पनि सुनचाँदीको भाउ बढेको छ । आइतबार...

देशभरी ग्यासको ‘हाहाकार’, के हो समस्या ?

केही दिन अघि सुर्खेतमा खाना पकाउने ग्यास नपाएको गुनासो...
spot_img