Thursday, August 13, 2026
spot_img

कस्तो रहला आजको मौसम ?

spot_img

आज आइतबार कोशी प्रदेशका अधिकांश स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ । यस्तै, अहिलेसम्म मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रसम्म मनसुन वायुको प्रभाव रहेको विभागले जनाएको छ ।

अन्य क्षेत्रमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव छ ।

अब ३ देखि ४ दिनभित्र गण्डकी र लुम्बिनी प्रदेशका बाँकी क्षेत्रसहित कर्णाली र सुदूरपश्चिम प्रदेशभर मनसुन विस्तार हुने अनुमान गरिएको छ ।

आज दिउँसो पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ भने तराईका केही स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ । कोशी प्रदेशका पहाडी र तराई क्षेत्रका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । तराई मधेशका केही स्थानमा हुरी चल्न सक्ने पूर्वानुमान गरिएको छ ।

आज राति पनि कोशी प्रदेशका धेरै स्थान तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुने सम्भावना छ ।

महाशाखाले हुरी चल्ने तथा भारी वर्षा हुने पूर्वानुमान गरिएका स्थानका सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

मुस्ताङ ब्राण्डमा मदिरा उत्पादन गर्ने धनुषा डिष्टिलरीले आईपीओ निष्काशन गर्ने

धनुषा डिष्टिलरी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले...

एनसेलले भन्यो ‘सरकारले नै वैदेशिक लगानीको वातावरणलाई धमिलो बनायो’

एनसेलको शेयर खरिद-बिक्री सम्बन्धी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन...

गरिमा क्यापिटलको निमित्त सीइओमा अशोक सुवेदी

गरिमा क्यापिटलको निमित्त प्रमुख कार्यकारी अधिकृतमा अशोक सुवेदी नियुक्त...

रिलायबल समृद्धि योजनाको लाभांश घोषणा

रिलायबल समृद्धि योजनाले लाभांश घोषणा गरेको छ । योजना...

माण्डु हाइड्रोपावरको साधारणसभा आह्वान, २२.५२६३ प्रतिशत लाभांश प्रस्ताव

माण्डु हाइड्रोपावर लिमिटेड भदौ १८ गते साधारणसभा बोलाएको छ...

रिलायन्स स्पिनिङ मिल्सको नाफा ३९.९० करोड, ईपीएस २२.०४ रुपैयाँ

रिलायन्स स्पिनिङ मिल्सले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको...
spot_img