हिमालयन अर्गनाइजेशन अन्तर्गत रहेको आयाम इन्टरकन्टिनेन्टलले चीनको बहुप्रतिष्ठित कम्पनी DONGFENG द्वारा उत्पादित बसहरू एक्स्पोमा सार्वजनिक भएको छ। काठमाडौंको भृकुटीमण्डपमा यही भदौ २६ गते देखि आयोजना नाईमा एक्स्पोमा कम्पनीले हाल दुईवटा बसको मोडल सार्वजनिक गरेको हो ।
डोङफेङ (Dongfeng Motor Corporation) चीनको सबैभन्दा ठूलो अटोमोबाइल उत्पादक कम्पनीहरूमध्ये एक हो। सन् १९६९ मा स्थापना भएको यो कम्पनी चीन सरकारको स्वामित्वमा रहेको छ। यो कम्पनीले विश्वस्तरीय प्रविधि प्रयोग गरी यात्रुवाहक सवारी, व्यावसायिक सवारी, बस, ट्रक, विद्युतीय सवारी (EV), विशेष प्रयोजनका सवारी तथा अटोमोबाइलका विभिन्न पार्टपुर्जा उत्पादन गर्दै आएको छ।
डोङफेंगका सवारी साधन एशिया, युरोप, अफ्रिका, मध्यपूर्व, दक्षिण अमेरिका लगायत विश्वका धेरै देशमा सञ्चालनमा छन्।हाल यसको उत्पादन विश्वका १०० भन्दा बढी देशमा निर्यात हुँदै आएको छ। नेपालमा पनि डोङफेंग ब्रान्डका ट्रक, कार तथा माइक्रोबसहरू पहिलेदेखि नै बिक्रीका साथै लोकप्रिय रहँदै आएकाछन्।
हिमालय अर्गनाइजेशन अन्तर्गत रहेका कम्पनीहरूले विगत देखि नै भारतको FORCE MOTORS तथा चीनको SAIC ग्रुप अन्तर्गत रहेको MAXUS कम्पनीका सवारी साधनहरूको नेपालका लागि आधिकारिक विक्रेताको रूपमा कार्य गर्दै आएकोमा हाल नेपाल सरकारले ठूला प्रकारका विद्युतीय बसहरूलाई प्राथमिकतामा राख्ने नीति बनाउन थालेको तथा नेपालका ग्राहकहरूले पनि ठुला प्रकारका विद्युतीय बसहरूको माग गर्न थालेको अवस्थालाई ध्यानमा राखेर यो ब्रान्डका बसहरू नेपाल भित्र्याएको जनाएको छ। उक्त अटो एक्स्पोमा ७.२ मिटरका कम्फार्टबस २५+१ र सिटि बस २७+१ सीट क्षमताका बसहरू सार्वजनिक गरेको छ । जसको मूल्य १,१४,५०,००० देखी शुरु हुनेछ । जस्मा यस नाईमा अटो एक्स्पोमा बुक गर्ने पहिलो ५० ग्राहक महानुभावहरुलाई रु ५,००,००० (पाँच लाख) बिशेष छुटको ब्यवस्था गरेको छ ।
कम्पनीका अनुसार यसको वारेन्टी ५बर्ष वा २,००,००० कि.मि. दिईएको छ भने ग्राहकले थप ३ बर्षको Extended warranty समेत खरिद गरी लिन सक्ने छ । हाल सार्वजनिक गरिएको बस बिना एयरकन्डिसन रहेको तर ग्राहकको माग बमोजिम थप एयरकन्डिसन समेत खरिद गरी लिन सक्ने छ। यसैगरी Luxury Seat पनि ग्राहकको माग बमोजिम खरिद गरी लिन सक्ने छ। बसको प्रबेश द्वार ग्राहकको माग बमोजिम एक बा दुई निशुल्क जडान गर्न सकिने छ तर दुई द्वार भएमा दुई वटा सिट घट्ने कम्पनीले जनाएको छ।
यस कम्पनीले निकट भविष्यमा यसै कम्पनीका ७.२ मिटरका स्कुल बस, ९ मिटरको ३८ सिट र १२ मिटरका ५२ सिट क्षमता भएका बसहरू पनि नेपाल ल्याउन लागेको कम्पनीले जानकारी गराएको छ।









