Monday, September 7, 2026
spot_img

माण्डु हाइड्रोपावरको साधारणसभा आह्वान, २२.५२६३ प्रतिशत लाभांश प्रस्ताव

spot_img

माण्डु हाइड्रोपावर लिमिटेड भदौ १८ गते साधारणसभा बोलाएको छ । कम्पनीले एकसाथ आर्थिक वर्ष २०८१/८२ र २०८२/८३ को साधारणसभा गर्न लागेको हो ।

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले दुई आर्थिक वर्षको मुनाफाबाट कुल २२.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। जस मध्ये १० प्रतिशत बोनस शेयर र ०.५२६३ प्रतिशत नगद लाभांश आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट रहेको छ। यो यस अघि नै घोषणा भएको लाभांश हो । विद्युत नियमन आयोगका पदाधिकारी रिक्त हुँदा स्वीकृति नपाएर कम्पनीले समयमा आर्थिक वर्ष २०८१/८२ को साधारणसभा गर्न सकेको थिएन ।  त्यस्तै कम्पनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ। कम्पनीले साधारणसभा प्रयोजनको लागि भदौ ५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। भदौ ४ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

 

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सर्वसधारणलाई बेनी हाइड्रोपावरको आईपीओ आजदेखि

बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले आज भदौ २२ गतेदेखि आईपीओ...

माथिल्लो त्रिशुली–१ बनाईरहेका कम्पनीले राहत प्याकेज घोषणा गर्दै

माथिल्लो त्रिशुली–१ जलविद्युत आयोजनामा कार्यरत तीनवटै कम्पनीले २०८३ भदौ...

स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार सुरु

स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले विन नेपाल लघुवित्त वित्तीय...

३ खर्बको आईपीओ ल्याउँदै भारतको नेशनल स्टक एक्सचेञ्ज

भारतको सबैभन्दा ठूलो स्टक एक्सचेञ्ज नेशनल स्टक एक्सचेञ्ज अफ...

वैकल्पिक रुटमार्फत ८७ हजार ग्यास सिलिण्डर काडमाडौँ ल्याइयो

पृथ्वी राजमार्ग अवरुद्द भएपछि वैकल्पिक रुटमार्फत काडमाडौँमा ८७ हजार...