Wednesday, August 12, 2026
spot_img

FDI मा नयाँ आयाम: एनआरएन फण्डलाई आइपीओको बाटो खुल्यो, ५० अर्ब भित्र्याउने लक्ष्य

spot_img

गैरआवासीय नेपालीहरुको अगुवाईमा स्थापना भएको एनआरएन नेपाल डेभलपमेन्ट फण्ड लिमिटेडलाई नेपालको पुँजी बजारमा प्रवेशको बाटो खुलेको छ। नेपाल धितोपत्र बोर्डले धितोपत्र दर्ता तथा निष्काशन नियमावलीमा आवश्यक संशोधन गरेसँगै कम्पनीलाई नेपालको पुँजी बजारमा प्रवेशको बाटो खुलेको हो।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत अनलराज भट्टराईका अनुसार हालसम्म नेपाली मुद्रामा मात्र आईपीओ निष्काशनको व्यवस्था रहेकोमा धितोपत्र बोर्डले नियमावली संशोधन मार्फत विदेशी मुद्रामा पनि आईपीओ निष्काशन गर्नको लागि बाटो खुलाईदिएको छ । साथै यस अघि चुक्ता पुँजीको १० देखि ४९ प्रतिशतसम्म मात्रै आईपीओ निष्काशन गर्न पाइने व्यवस्था भएकामा नियमावली संशोधन भएर सो सीमालाई बढाईएको छ।

यससंगै फण्डको आईपीओ निष्काशनको लागि आवश्यक सम्पूर्ण आवश्यक कानूनी संशोधनहरु पुरा भएको कम्पनीले जनाएको छ। सीइओ भट्टराईका अनुसार अब नेपालमा वैदेशिक मुद्रा भित्र्याउनको लागि नयाँ आयामको सुरुवात हुने छ।

कम्पनीले आईपीओ निष्काशनको लागि विवरणपत्र तयार पारेर नेपाल धितोपत्र बोर्डमा आईपीओ अनुमतिको लागि आवेदन दिनेछ। सो आईपीओमा विदेशमा रहेका गैर आवासीय नेपाली, र नेपाली मूलका विदेशी नागरिकले आवेदन दिन सक्ने छन् ।

कम्पनीले डायस्पोरा इन्भेष्टमेन्ट म्यानेजमेन्ट सिस्टम भन्ने प्रणाली विकास गरेको छ। सो सिस्टमले आवेदक गैर आवासीय नेपाली हो/होइन, आवेदन दिन योग्य छ/छैन परिक्षण गर्ने छ। साथै सिस्टमबाट नै टिएमएस खाता खोल्ने, डिम्याट खाता खोल्ने लगायतका कार्य गर्न सकिने छ। सीइओ भट्टराईका अनुसार सो सिस्टमलाई नेपालको सिडीएससी र ब्रोकरको सिस्टमसँग इन्टिग्रेट गरिने छ।

आईपीओमा लगानी गर्नको लागि न्युनतम १ लाख नेपाली रुपैयाँ बराबरको सीमा तोकिएको छ। यस फण्डमा ५ लाख गैर आवासीय नेपालीलाई जोड्ने लक्ष्य लिएको उनले जानकारी दिए।  सन् २०२६ को अन्त्यसम्ममा आईपीओ निष्काशन गरिसक्ने लक्ष्य रहेको उनको भनाई छ।

सीइओ भट्टराईका अनुसार कम्पनीले पहिलो चरणमा ८ अर्ब ४० करोडको आईपीओ निष्काशन गर्ने छ। त्यसपछि बन्ड जारी गर्ने छ।  ५ वर्षमा ५० अर्ब लगानी भित्र्याउने लक्ष्य कम्पनीको छ।

कम्पनीका संचालक कुमार पन्तले कम्पनीको आईपीओको लागि आवश्यक कानुनी संशोधनहरू स्वीकृत हुनु गैरआवासीय नेपालीहरूको लगानी नेपाल भित्र्याउने तथा नेपालको आर्थिक विकास र रोजगारी सिर्जनामा योगदान पुर्याउने दिशामा एउटा महत्वपूर्ण कोशेढुंगा भएको बताएका छन्। उनका अनुसार अब विश्वभर रहेका गैरआवासीय नेपालीहरूले विदेशमै बसेर कम्पनीको आईपीओमा आवेदन दिन सक्ने छन्। कम्पनीमा संस्थापक शेयरधनीको १० प्रतिशत, नेपाल सरकारको ५ प्रतिशत र बाँकी ८५ प्रतिशत आईपीओ निष्काशन गर्ने गरि पुँजी संरचना स्वीकृत भएको उनले जानकारी दिए ।

नेपाल राष्ट्र बैंकले यस अघि नै गैरआवासीय नेपालीहरुलाई नेपाली रुपैयाँमा रकम जम्मा हुने तथा विदेशबाट नै पैसा पठाउन सक्ने व्यवस्था गरिसकेको छ ।  राष्ट्र बैंकले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८ मा चौथो संशोधन गर्दै गैरआवासिय नेपालीहरुले नेपाली बैंक तथा वित्तीय संस्थामा परिवत्र्य विदेशी मुद्रा तथा नेपाली रुपैयाँमै खाता खोलेर लगानी रकम जम्मा गर्न सक्ने व्यवस्था गरिसकेको छ । जस अनुसार लगानीबापत आर्जित रकम र लगानी फिर्ताको रकम सम्बन्धित विदेशी लगानीकर्ताको नेपाली बैंक वित्तीय संस्थामा खोलएको ने.रु. खातामा जम्मा गर्न सकिने  छ ।

यो फण्डले आईपीओ निष्काशन गरेसंगै नेपालमा वैदेशिक लगानी भित्र्याउनमा एउटा नयाँ आयाम थपिने विश्वास गरिएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

अल्ट्राभायोलेट एक्स४७ क्रसओभर मोटरसाइकल सार्वजनिक, मूल्य ६ लाख ८४ हजार

वैद्यज अर्गनाइजेशनले नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को अवसरमा...

नेप्सेमा सर्वोत्तम पेन्ट्सको शेयर सूचीकृत, SAPIL सिम्बलबाट कारोबार हुने

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडको शेयर...

इम्पेयरमेन्ट चार्ज रिभर्स हुँदा नाफामा गोर्खाज फाइनान्स, ईपीएस २५.२८ रुपैयाँ

गोर्खाज फाइनान्सले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको अपरिस्कृत...

घट्यो सुनचाँदीको भाउ

आज बुधबार सुनको भाउ घटेको छ । मंगलबार प्रतितोला...

१२९ प्रतिशतले बढ्यो बिन्ध्यवासिनी हाइड्रोको नाफा, विद्युत बिक्रीबाट ४५.५६ करोड आम्दानी

बिन्ध्यवासिनी हाइड्रो डेभलपमेन्ट कम्पनीले आर्थिक वर्ष २०८२/८३ को चौथो...

डेढ अर्ब नाघ्यो मुक्तिनाथ विकास बैंकको खुदनाफा, ईपीएस १८.९८ रुपैयाँ

मुक्तिनाथ विकास बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको...
spot_img