नेपाल चार्टर्ड एकाउण्टेन्ट्स संस्था (आइक्यान) ले “Leading Beyond Finance, Shaping the Future” भन्ने नाराका साथ ‘सीएफओ कन्क्लेभ २०२६’ आयोजना गर्ने भएको छ। यो कन्क्लेभ आगामी ३० जुन २०२६ (१६ असार २०८३, मंगलबार) मा होटल याक एण्ड यतीमा आयोजना हुन लागेको हो।
कार्यक्रमले चिफ फाइनान्सियल अफिसर (सीएफओ), वित्तीय नेतृत्वकर्ता, नियामक, नीति निर्माता, उद्यमी तथा उद्योग विशेषज्ञहरूलाई एकै ठाउँमा ल्याएर वित्तीय नेतृत्वको भूमिका द्रुत रूपमा परिवर्तन भइरहेको आर्थिक तथा प्राविधिक परिवेशमा छलफल गर्ने लक्ष्य राखेको छ।
कन्क्लेभले उदीयमान प्रवृत्तिहरूबारे जानकारी दिनुका साथै नवीनता प्रवर्द्धन, संगठनात्मक लचिलोपन अभिवृद्धि र दिगो मूल्य सिर्जनामा योगदान पुर्याउने क्षमता विकास गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ। यसले लेखा तथा वित्तीय क्षेत्रका पेशाकर्मीहरूबीच ज्ञान आदानप्रदान, सहकार्य र नेटवर्किङलाई पनि प्रोत्साहन दिनेछ ।
आईक्यानले आफ्ना सदस्यहरू, यस क्षेत्रका प्रोफेसनलहरु, सीएफओहरू, स्टार्टअप संस्थापकहरू, लगानीकर्ताहरू, व्यवसायिक क्षेत्रका प्रतिनिधि लगायतलाई कन्क्लेभमा सहभागी हुन आग्रह गरेको छ। कन्क्लेभमा आईक्यानका पूर्व अध्यक्ष रही विभिन्न वाणिज्य बैंकमा सीइओको भूमिका निभाईसकेका सीए रत्नराज बज्राचार्यको Envisioning the Future Chief Finance Officer: For Driving Nepal’s Economy विषयमा Keynote Speech रहने छ। त्यस्तै सूर्य नेपालका अभिषेक सर्राफबाट : CFO beyond the Balance Sheet: The CFO as Strategic Navigator विषयमा पेपर प्रिजेन्टेशन हुने छ ।
नबिल बैंकमा सीइओ मनोज ज्ञवालीको The Evolving CFO Mindset: From Operation to Strategist विषयमा Leadership Insight को सत्र राखिएको छ । त्यस्तै Building the Financial Infrastructure: CFO at the Crossroads bridging the gap विषयक प्यानल डिस्कसन रहने छ ।
कन्क्लेभको अन्त्यमा National Best Presented Award वितरण समारोह पनि हुने आईक्यानले जनाएको छ ।












