spot_img

गोल्यान ग्रुपको रक्तदान कार्यक्रममा सांसद रञ्जु दर्शनाले भनिन्– व्यवसायलाई समाजसँग जोड्नु प्रशंनीय

spot_img

प्रतिनिधिसभा सदस्य रञ्जु दर्शनाले व्यवसायलाई समाज विकासमा जोड्नु सकारात्मक कार्य भएको भन्दै गोल्यान ग्रुपको प्रशंसा गरेकी छिन् । गोल्यान ग्रुपले विश्व रक्तदाता दिवसको अवसरमा आइतबार आयोजना गरेको रक्तदान कार्यक्रममा सहभागी भएकी सांसद दर्शनाले ग्रुपले सामाजिक कार्यमार्फत आफूलाई समाजसँग जोड्दै गएकोमा प्रशंसा गरेकी हुन् ।

‘व्यापार–व्यवसायबाट कमाएको पैसालाई समाजको विकासमा पनि लगानी गर्नुपर्छ, समाजसँग जोडिनु निकै राम्रो काम हो,’ उनले भनिन्, ‘गोल्यान ग्रुपले यही कुरा मनन् गरेर समाजप्रतिको उत्तरदायित्व बहन गरिरहेको छ, यसले समाजसँगको सम्बन्ध पनि बलियो भएको छ ।’

गोल्यान ग्रुपको कर्पोरेट कार्यालय भएको स्थान आफ्नो निर्वाचन क्षेत्रसमेत भएको उल्लेख गर्दै सांसद दर्शनाले सामाजिक कार्यमा यस क्षेत्रका जनतालाई पनि जोड्न सुझाव दिइन् । उनले रक्तदानका साथै सामाजिक उत्तरदायित्वका अन्य कार्यले समाज लाभान्वित हुने समेत बताएकी छिन् । ‘रगतको महत्व त्यतिबेला थाहा हुन्छ, जब कुनै व्यक्ति आफै वा उसको आफन्त अस्पतालको शैयामा रगतको अभावमा तड्पिरहेको हुन्छ,’ उनले भनिन्, ‘यो महत्वलाई बुझेर रक्तदान कार्यक्रम गर्नु समाजप्रतिको पवित्र योगदान हो ।’

गोल्यान ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक अक्षय गोल्यानले व्यवसायमार्फत राष्ट्रको अर्थतन्त्रमा योगदान दिएको उल्लेख गर्दै अब सामाजिक कार्यमार्फत सामाजिक सहयोगलाई पनि ग्रुपले प्राथमिकता दिएको बताए । सामाजिक कार्यको रुपमा रक्तदाता दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको उनले बताए । ‘रगतको मूल्य अंकमा मापन वा कुनै बस्तुसँग तुलना गर्न सकिँदैन, जसलाई आवश्यक छ उसैलाई मात्र यसको महत्व हुन्छ,’ उनले भने ।

गोल्यानले युवा पुस्ताले गरेको परिवर्तनको सम्मान गर्दै यसलाई संस्थागत गर्नुपर्ने आवश्यकता औंल्याए । गोल्यान ग्रुपले जेनजी आन्दोलनका सहिदका बालबालिका र परिवारलाई शिक्षा र स्वास्थ्यमार्फत सहयोग गरिरहेको छ । २२ जना सहिदका ३२ जना बालबालिकालाई मासिक जनही ४० हजारको दरले वार्षिक ४ लाख ८० हजारको शैक्षिकवृत्ति प्रदान गरिरहेको छ । त्यसैगरी २२ जना सहिदका ४३ बुवा–आमालाई वार्षिक १० लाखको स्वास्थ्य बीमा सेवा दिएको छ ।

ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक गोल्यानले समाजप्रतिको आफ्नो दायित्वलाई मनन् गरेर व्यवस्थित तबरले सामाजिक कार्य तथा सहयोग कार्यक्रम सञ्चालन गरिरहेको बताए ।

गोल्यान ग्रुपका निर्देशक शक्तिकुमार गोल्यानले रक्तदान कार्यक्रमले मुलुकभर बढ्दो रगत अभावलाई कम गर्न सहयोग गर्नेमात्र नभई गोल्यान ग्रुप र समाजबीचको सम्बन्ध पनि मजबुत बनाउन मद्दत पुग्ने बताए ।

कार्यक्रममा गोल्यान ग्रुपकी कर्पोरेट अफेयर्स, कम्युनिकेशन्स एण्ड जनसम्पर्क प्रमुख ज्योति गैह्रेले रगतको बढ्दो अभावका कारण मानवजीवन संकटमा परिरहेको उल्लेख गर्दै उक्त संकटलाई केही मात्रामा भए पनि कम गर्न गोल्यान ग्रुपले आफ्नो तर्फबाट योगदान दिएको बताइन् । नेपाल रेडक्रस सोसाइटीका अनुसार हाल नेपालमा वार्षिक करिब साढे ३ लाखदेखि ४ लाख पिन्ट रगत आवश्यक पर्नेमा करिब १ लाख पिन्ट रगत अभाव हुने गरेको छ । ‘रक्तदान मानवजीवनलाई हामीले दिने सबैभन्दा अमूल्य योगदान हो, एक पिन्ट रगतले मानवता पुनर्जीवित हुन्छ र त्यसले भविष्यको लागि आशा र भरोसा प्रदान गर्दछ,’ उनले भनिन् ।

रक्तदान कार्यक्रममा गोल्यान ग्रुप अन्तर्गतका कर्मचारीसहित पत्रकार र समुदायका व्यक्तिसमेत गरी करिब १ सय जनाले रक्तदान गरेका थिए ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सरकारी कर्मचारीलाई ५५ वर्षमा अवकाश, पेन्सन गणना सम्बन्धि प्रस्ताव सच्चिएको हो ?

हाल कार्यान्वयनमा रहेको निजामती सेवा ऐनमा सरकारी कर्मचारीहरुको अवकाश...

बजाज चेतकद्वारा ‘चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक

नेपालका लागि बजाजको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड...

यी हुन् निफ्राका ठूला शेयरधनी: हिमालयन लाइफ बाहिरियो, सूर्यज्योति लाइफ भित्रियो

नेपाल इन्फ्रास्ट्रकचर बैंक निफ्रामा ०.५ प्रतिशत वा सो भन्दा...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ६ वटा मुख्य निर्णय

आज असोज १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न ६...

आइ.सि.एफ.सि.फाइनान्सको लाभांश पारित

आइ.सि.एफ.सि.फाइनान्सको २३औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

अब इसेवाबाटै किस्ताबन्दीमा स्कुटर खरिद गर्न सकिने

 इसेवाले नेपालको डिजिटल वालेटको क्षेत्रमा पहिलो पटक ‘Buy Now,...