भारतीय शेयर बजारमा फर्किए विदेशी लगानीकर्ता, ९ दिन मै ८ खर्ब बढि लगानी

spot_img
spot_img

महिनौंसम्म निरन्तर शेयर बिक्री गरेका विदेशी लगानीकर्ताले नोभेम्बरको सुरुवातमा भारतीय शेयर बजारमा ठूलो रकम भित्र्याएका छन्। डिपोजिटरी तथ्यांकअनुसार, विदेशी पोर्टफोलियो लगानीकर्ता (एफपीआई) ले नोभेम्बर २ देखि १३ सम्म, नौ कारोबार दिनमा, भारतीय इक्विटीमा खुद रु. ८४,२९० करोड (८ खर्ब ४२ अर्ब) लगानी गरेका हुन्।

यो लगानीसँगै लगातार दुई महिनाको खुद बिक्रीको क्रम टुटेको छ। सेप्टेम्बरमा एफपीआईले रु. ३५,८६१ करोड र अक्टोबरमा रु. ३४,८४३ करोड बराबरको शेयर बेचेका थिए।

नोभेम्बरको नयाँ खरिदपछि सन् २०२६ मा विदेशी लगानीकर्ताको कुल निकासी घटेर करिब रु. २.१ ट्रिलियनमा झरेको छ, जुन केही हप्ताअघि करिब रु. ३ ट्रिलियन थियो।

लगानी फर्किनुका कारण

विश्लेषकहरूका अनुसार विश्वव्यापी एआई (AI) सम्बन्धी शेयरमा आएको बिक्री दबाब, कच्चा तेलको मूल्यमा आएको गिरावट र ठूला कम्पनीका आकर्षक मूल्यांकनले विदेशी लगानीकर्तालाई भारततर्फ तान्यो। नोभेम्बरको पहिलो साता ब्रेन्ट कच्चा तेल करिब १३ प्रतिशतले घटेर प्रतिब्यारल करिब ९७ डलरमा झरेको थियो। पश्चिम एसियामा तनाव कम हुने आशाले पनि बजार मनोविज्ञानलाई सघाएको बताइएको छ। यही लगानी प्रवाह र तेलको मूल्य घटेसँगै भारतीय रुपैयाँ पनि सात महिनायताकै उच्च तहमा पुगेको छ।

जेफरिजको प्रतिवेदनअनुसार, अक्टोबरको मध्यदेखि नोभेम्बर ६ सम्म विदेशी लगानीकर्ताले भारतीय इक्विटीमा करिब ८.२ अर्ब अमेरिकी डलर लगानी गरेका छन्। सन् २०२४ को सेप्टेम्बरदेखि उनीहरूले करिब ६१ अर्ब डलर बराबरको शेयर बेचेका थिए।

तर सबै विश्लेषक भने सावधान छन्। एक विश्लेषकले नोभेम्बरको खरिदलाई “रणनीतिक मोड” भन्दै यो अझै संरचनागत फिर्ती भइनसकेको टिप्पणी गरेका छन्। आगामी दिनमा विदेशी लगानी टिकिरहन्छ कि छैन भन्ने कुरा भारतका कम्पनीको आम्दानी वृद्धि र शेयरको मूल्यांकनमा भर पर्ने देखिन्छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

जलवायु वित्तसम्बन्धि उच्चस्तरीय कार्यक्रममा सहभागी भएर अर्थमन्त्री स्वदेश फिर्ता

टर्कीएमा आयोजना भइरहेको संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष...

८२.३० प्रतिशतले बढ्यो एभरेष्ट कलरको खुदनाफा, ईपीएस १४.४६ रुपैयाँ

एभरेष्ट कलर लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो...

निर्माण क्षेत्रका श्रमिकलाई १७४० ज्याला दिनैपर्ने: सामाजिक सुरक्षा, पर्व बिदा र भत्ता अनिवार्य

नेपालको निर्माण क्षेत्र सबैभन्दा धेरै अनौपचारिक क्षेत्र मानिन्छ ।...

आज पनि घट्यो सुनचाँदीको भाउ

आज आइतबार पनि सुनको भाउ घटेको छ । अघिल्लो...

यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

पश्चिमी वायूको आंशिक प्रभावका कारण आज देशका हिमाली र...

एनपीएलमा आज दुइ खेल हुँदै

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज...