छठ पर्वको मुख्य दिन आज

spot_img
spot_img

छठ पर्वको आज मुख्य दिन हो । आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइन्छ ।

कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शुक्रबारदेखि सुरु भएको हो ।

ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवको आराधना गरिएको थियो । सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।

सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुआत भएको विश्वास गरिन्छ ।

छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ ।

सोमबार उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व समापन हुन्छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

एनपीएलमा आज दुइ खेल हुँदै

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज...

छठको दोस्रो दिन आज खरना

सूर्यको उपासना गरी निष्ठापूवर्क मनाइने छठ पर्वको दोस्रो दिन...

सोमबार सार्वजनिक बिदा

सरकारले सोमबार पनि सार्वजनिक बिदा दिएको छ । गृह...

सोपान मल्टिपलद्वारा १०.५२६३ प्रतिशत लाभांश घोषणा, मङ्सिर १२ मा साधारणसभा

सोपान मल्टिपल कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ ।...

तातोपानी नाका सञ्चालनमा ल्याउनका लागि कुटनीतिक पहल नपुगेको सरोकारवालाको भनाइ

नेपाल–चीन प्रमुख व्यापारिक नाका ‘तातोपानी’लाई तत्काल पूर्ण रूपमा सञ्चालनमा...

राष्ट्र बैंकले माग्यो ६१ जना कर्मचारी, १२ पासलाई पनि अवसर

नेपाल राष्ट्र बैंकले खुला प्रतियोगिताद्वारा पूर्ति गरिने विभिन्न पदका...