Sunday, April 26, 2026
spot_img
spot_img

बिपी राजमार्ग अझै अवरुद्ध

spot_img
spot_img

शनिबार अपरान्हको भिषण वर्षाका कारण अवरुद्ध भएको बिपी राजमार्ग खुलाउन समय लाग्ने भएको छ । आइतबार पनि पानी परिरहेको र शनिबारै धेरै स्थानमा डाइभर्सन बगाएकाले राजमार्ग अहिलेसम्म पूर्णरुपमा अवरुद्ध छ ।

शनिबार दिउँसो ४ बजेबाट बन्द रहेको राजमार्ग खुलाउन अझै समय लाग्ने काभ्रे प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीका अनुसार आइतबार साँझसम्म पनि सडक खुलाउन नसकिने स्थित छ ।

रोशी खोलाको बाढीले चौकीडाँडा, घुमाउने, चारसय बेँसी, गिम्दी बेँसी, नार्के, चिउरीबास, बोक्सीकुना, कालढुंगा, डालाबेशी, ठुलोढुंगा तथा माम्तीमा डाइभर्सन बगाएको छ । सिन्धुलीतर्फ आँपघारी क्षेत्रमा पनि डाइभर्सन बगाएको छ ।

बाटो अवरुद्ध भएपनि काभ्रेको मङ्गलटार, भकुण्डे बेसी, काभ्रेभञ्ज्याङ र धुलिखेल तथा सिन्धुलीको नेपालथोक र खुर्कोटमा सवारी साधनलाई ‘होल्ड’ गरिएको छ । आइतबार बिहानबाट भकुण्डे, काभ्रेभञ्ज्याङ र धुलिखेलमा रोकिएका सवारी साधनहरुलाई सुरक्षित स्थानमा पठाइएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

ठेक्का पाउन सरकारी वेबसाइट ह्याक प्रकरणमा थप २ जना पक्राउ

सार्वजनिक खरिद अनुगमन कार्यालयको ‘इ–गभरमेन्ट प्रोक्युरिमेन्ट’ प्रणालीमा अनधिकृत पहुँच...

ग्यासको अनुदान खारेज गरेर विद्युतीय चुलोमा अनुदान दिने सरकारको तयारी

सरकराले ग्यासको अनुदान खारेज गरेर विद्युतीय चुलोमा अनुदान दिने...

उद्योगी व्यवसायीलाई थुन्ने नभई आर्थिक जरिवानाको प्रबन्ध गर्न माग

नेपालको अर्थतन्त्र अहिले सुस्त गतिमा हिँडिरहेको छ । निजी...

एसईईको नतिजा बैशाख अन्तिम हप्ताभित्र सार्वजनिक गरिने

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा बैशाख...

नबिल बैंकका ३ शाखा मर्ज हुँदै

नबिल बैंकले काठमाडौँका विभिन्न ३ वटा शाखा मर्ज गर्ने...

बूढानीलकण्ठ हेरिटेजले एकैवर्ष गर्‍यो साढे २३ अर्बको कारोबार

बूढानीलकण्ठस्थित पाँचतारे ‘लेमन ट्री प्रिमियर’ (बूढानीलकण्ठ हेरिटेज) ले एकै...
spot_img