नबिल बैंकले काठमाडौँका विभिन्न ३ वटा शाखा मर्ज गर्ने भएको छ । बैंकले नयाँ बानेश्वर, बिजुली बजार र शंखमुल शाखालाई समायोजन गर्न लागेको हो ।
यी ३ शाखा समायोजन गरेर बैंकले नयाँ बानेश्वरमा शाखा सञ्चालन गर्न लागेको हो ।
अब वैशाख २१ बाट नबिलका बिजुलीबजार र शंखमुल शाखा बन्द हुनेछन् । यी दुई शाखामा रहेका लकर तथा ग्राहक खाताहरू नयाँ बानेश्वर शाखामै स्थानान्तरण हुनेछन् ।













