बिपी राजमार्ग बन्द भएको छ । काभ्रे जिल्लामा ठूलो पानी परेका कारण राजमार्ग तत्कालका लागि बन्द गरिएको प्रहरीले जनाएको छ ।
काभ्रे प्रहरीका अनुसार राजमार्गमा हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै तत्कालको लागि सवारी आवागमन पूर्ण रुपमा बन्द गरिएको छ ।
प्रहरीले थप जानकारी तथा सूचनाको लागि १०० र १०३ मा सम्पर्क गर्न अनुरोध पनि गरेको छ ।













