Friday, June 19, 2026
spot_img

ज्योति विकास बैंकको नाफा बढ्यो

spot_img
spot_img

ज्योति विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमास सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

चालु आर्थिक वर्षको पहिलो ९ महिना सम्ममा बैंकले ६२ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यस अवधिको तुलनामा १०५.३० प्रतिशत बढी हो। गत आर्थिक वर्षको यस अवधिमा बैंकले ३० करोड ६६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ०.७८ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी ५५.३६ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा ४.९८ प्रतिशतबाट बढेर ७.८३ प्रतिशत पुगेको छ । बैंकको वितरणयोग्य मुनाफा भने ४३ करोड ४८ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ । बैंकको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ७९ पैसा बढेर १९ रुपैयाँ ४३ पैसा पुगेको छ । बैंकको प्रतिशेयर नेटवर्थ १६३ रुपैयाँ ४३ पैसा रहेको छ ।

४ अर्ब ३९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २ अर्ब ७८ करोड रुपैयाँ सञ्चित छ । चैत मसान्तसम्ममा बैंकले ६४ अर्ब ४९ करोड निक्षेप संकलन गरी ४७ अर्ब ९८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

प्राइम कमर्शियल बैंकले पायो ऋणपत्र निष्काशनको अनुमति

प्राइम कमर्शियल बैंकले ऋणपत्र निष्काशनको अनुमति पाएको छ। नेपाल...

शेयर लगानीकर्तालाई अनुसन्धानमा तानिन्छौँ कि भन्ने त्रास भएको हुन सक्छ : अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले शेयरबजारका केही लगानीकर्तामा भय त्रास...

नेप्सेमा टक्सार पिखुवा खोला हाइड्रोको शेयर सूचीकृत, कुन मूल्यमा हुन्छ सुरुवाती कारोबार ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडको...

नेप्सेमा याम्बालिङ्ग हाइड्रोपावरको शेयर सूचीकृत, सोमबारबाट कारोबार हुने

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडको शेयर सूचीकृत...

बिजुलीमा भ्याटः भाडामा बस्नेका लागि थपिन सक्छ अतिरिक्त भार, छुट्टै महसुल कति सम्भव ?

सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट भाषणमार्फत मासिक...

सतर्कता अपनाउन भन्दै धितोपत्र बोर्डले सबै सूचीकृत कम्पनीलाई पठायो पत्र

नेपाल धितोपत्र बोर्डले सम्पूर्ण सूचीकृत कम्पनीहरुलाई सतर्कता अपनाउन भन्दै...
spot_img