Sunday, April 26, 2026
spot_img
spot_img

ठेक्का पाउन सरकारी वेबसाइट ह्याक प्रकरणमा थप २ जना पक्राउ

spot_img
spot_img

सार्वजनिक खरिद अनुगमन कार्यालयको ‘इ–गभरमेन्ट प्रोक्युरिमेन्ट’ प्रणालीमा अनधिकृत पहुँच पुर्‍याइ विभिन्न ठेक्काको विवरण हेरफेर गरेको आरोपमा थप दुई जनालाई पक्राउ गरिएको छ । केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले आज कल्पवृक्ष विल्डर्स प्रालिका सञ्चालक प्रकाश ढुङ्गाना र इन्कोन प्रालिको शेयरधनी तथा लेखापाल स्वदेश पोखरेललाई पक्राउ गरेको हो ।

ढुङ्गानालाई काठमाडौँ महानगरपालिका–१६ बालाजु र पोखरेल महानगरपालिका– ३२ पेप्सीकोलाबाट पक्राउ गरिएको हो । सरकारी ठेक्काहरूको आर्थिक प्रस्ताव खोल्नुअगावै आर्थिक प्रस्तावको ‘डकुमेन्ट’ परिवर्तन गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको र दुवै जनाविरुद्ध प्रहरीको साइबर ब्युरोमा विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा मुद्दा दर्ता गरिएको ब्युरोले जनाएको छ ।

ब्युरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले दुवै जनामाथि सङ्गठित अपराध विवरण ऐन, २०७० अन्तर्गतको कसुरमा थप अनुसन्धान भइरहेको जानकारी दिए । यसअघि सोही कसुरमा कालिका कन्ट्रक्सनका सञ्चालक एवं राप्रपा नेता विक्रम पाण्डे र भीषण कन्ट्रक्सनका टङ्ककुमार श्रेष्ठलाई शुक्रबार पक्राउ गरिएको थियो ।

हालसम्म उक्त मुद्दामा नौ जना शङ्कास्पद व्यक्तिलाई पक्राउ गरी अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

ग्यासको अनुदान खारेज गरेर विद्युतीय चुलोमा अनुदान दिने सरकारको तयारी

सरकराले ग्यासको अनुदान खारेज गरेर विद्युतीय चुलोमा अनुदान दिने...

उद्योगी व्यवसायीलाई थुन्ने नभई आर्थिक जरिवानाको प्रबन्ध गर्न माग

नेपालको अर्थतन्त्र अहिले सुस्त गतिमा हिँडिरहेको छ । निजी...

एसईईको नतिजा बैशाख अन्तिम हप्ताभित्र सार्वजनिक गरिने

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा बैशाख...

नबिल बैंकका ३ शाखा मर्ज हुँदै

नबिल बैंकले काठमाडौँका विभिन्न ३ वटा शाखा मर्ज गर्ने...

बूढानीलकण्ठ हेरिटेजले एकैवर्ष गर्‍यो साढे २३ अर्बको कारोबार

बूढानीलकण्ठस्थित पाँचतारे ‘लेमन ट्री प्रिमियर’ (बूढानीलकण्ठ हेरिटेज) ले एकै...

सुनचाँदीको भाउ बढ्यो

आज आइतबार सुनको भाउ बढेको छ । अघिल्लो दिन...
spot_img