चालु आर्थिक वर्षको ५ महिनामा ४ खर्ब मात्रै राजस्व संकलन भएको छ । साउनदेखि मंसिर मसान्तसम्म ४ खर्ब ९ अर्ब ७८ करोड रुपैयाँ राजस्व संकलन भएको हो ।
सरकारले यो ५ महिनामा ५ खर्ब २० अर्ब ४४ करोड राजस्व लक्ष्य लिएको थियो । तर लक्ष्यको ७८.७४ प्रतिशत मात्रै राजस्व संकलन भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । मंसिरमा ९५ अर्ब २० करोड राजस्व संकलन गर्ने लक्ष्य भएकोमा ८० अर्ब २७ करोड मात्रै संकलन भएको छ ।
गत आर्थिक वर्षको पाँच महिनामा सरकारले ४ खर्ब ५ अर्ब ७७ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो ।
चालु आर्थिक वर्षमा सरकारले कुल १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएको छ ।









