Thursday, May 28, 2026
spot_img

ऊर्जा सचिव सुरेश आचार्य अवकाशमा, मन्त्री खड्काले गरे विदाई

spot_img
spot_img

करिब साढे तीन दशक लामो सरकारी सेवाजीवन पूरा गरी ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव सुरेश आचार्य विदा भएका छन् । आइतवार मन्त्रालयमा आयोजित विशेष समारोहमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले आचार्यलाई दोसल्ला र कदरपत्रसहित सम्मानपूर्वक विदाई गरेका छन् ।

कार्यक्रममा मन्त्रालयका उच्चपदस्थ अधिकारीदेखि विभिन्न तह–तप्काका कर्मचारीहरूको उल्लेख्य सहभागिता रहेको थियो।
विदाई कार्यक्रममा मन्त्री खड्काले सचिव आचार्यलाई “प्रष्ट विचार राख्ने, काममा कठोर तर इमानदार, जिम्मेवार र सहकार्यको भावना बोकेको कुशल प्रशासक” भन्दै प्रशंसा गरे ।

मन्त्री खड्काले भने, “हस्पिटलको बेडमै रहँदा पनि जिम्मेवारीबारे सोच्ने उहाँ जस्ता समर्पित व्यक्ति राज्यको सम्पत्ति हुन्। साहित्य, लेखन र मनोरञ्जनप्रति रुचि राख्ने सचिव आचार्यलाई अवकाशपछि पनि राज्यले विभिन्न क्षेत्रमा उपयोग गर्न सक्नेछ।”

२०८१ असोज ६ देखि ऊर्जामन्त्रालयमा सचिवको रुपमा कार्य गरेका आचार्यको योगदान स्मरण गर्दै मन्त्री खड्काले स्वस्थ र सुखमय अवकाश जीवनको शुभकामना व्यक्त गरे ।

सो क्रममा सचिव सुरेश आचार्यले पनि भावुक मन्तव्य दिएका थिए। सेवाकालमा कसैप्रति कठोर व्यवहार भएको भए त्यसलाई पदको कठोरताका रूपमा बुझिदिन आग्रह गर्दै उनले भने, “मुलुकको ऊर्जा विकासको यात्रामा मन्त्रीज्यूको नेतृत्वमा सबैको साथ पाएँ। २८ हजार ५ सय मेगावाट उत्पादनको दीर्घकालीन लक्ष्यसहित ऊर्जा विकास मार्गचित्र तयार पर्ने देखि जलविद्युत, प्रसारण लाइनदेखि भूमिगत आयोजनाको अनुगमनमा जुट्दा अपार अनुभव पाएँ।”

आचार्यले बक्यौता रकम उठाउने, संरचनागत सुदृढीकरण गर्ने लगायतका चुनौतीपूर्ण काममा देखाएको प्रतिबद्धता स्मरण गर्दै भने, “राज्यले आवश्यकता ठाने भविष्यमा पनि म आफूलाई समर्पित गर्न सधैं तयार हुनेछु।”

कार्यक्रममा सहसचिव सरिता दवाडीले सचिव आचार्यको लगनशीलता, कार्यशैली र प्रेरणादायी नेतृत्वको प्रशंसा गर्दै स्वस्थ जीवनको शुभकामना दिईन्।

विदाई कार्यक्रममा ऊर्जा राज्यमन्त्री खामबहादुर गर्बुजा, मन्त्रालयका सचिवहरू, सहसचिवसहित विभिन्न तह–तप्काका कर्मचारीहरूको सहभागिता थियो।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

वैदेशिक रोजगार व्यवसायी संघको विशेष साधारणसभा जेठ २४ गते हुने

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको विशेष साधारणसभा जेठ २४...

इप्पानद्वारा वन मन्त्रीसमक्ष निकुञ्जले रोकेका जलविद्युत आयोजनाबारे ध्यानाकर्षण

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले लाङटाङ राष्ट्रिय निकुञ्जको...

चेम्बर अध्यक्ष अग्रवाल र साउदी राजदूत मनिकरबीच छलफल

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल र...

डीडीसीमा सीआईबीले छापा हान्यो

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) दूग्ध विकास संस्थान...
spot_img