आज मंगलबार नेपाल टेलिकमको रोचार्ज गर्ने सेवा ७ घण्टाको लागि अवरुद्द हुने भएको छ । टेलिकमको बिलिङ्ग प्रणाली स्तरोन्नति परीक्षण गर्नु पर्ने भएकोले सो समयमा रिचार्ज गर्ने सेवा अवरुद्द हुने टेलिकमले जनाएको छ।
टेलिकमका अनुसार २०८१।०३।२५ गते राति ११ बजेदेखि २०८१।०३।२६ गते बिहान ६ बजेसम्म परीक्षण कार्य गरिने भएकोले उक्त अवधिमा Balance Recharge / Package खरिद / Query सेवाहरु केहि समयका लागि प्रभावित हुनसक्ने छन्। सो समयभन्दा अगाडि नै आवश्यक पर्ने Balance Recharge तथा Package खरिद गर्नु टेलिकमले अनुरोध गरेको छ।
उक्त समयमा Mobile Voice, Data, SMS FTTH Voice, Data, IPTV आदि सेवाहरु यथावत सञ्चालन हुने टेलिकमले जनाएको छ।