spot_img

सानिमा बन्यो रिपोर्ट निकाल्ने पहिलो वाणिज्य बैंक: नाफा ३.५५ अर्ब, लाभांश क्षमता २०.८५ प्रतिशत

spot_img

सानिमा बैंक चालु आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको अपरिस्कृति वित्तीय विवरण प्रकाशन गर्ने पहिलो वाणिज्य बैंक बनेको छ।  प्रकाशित वित्तीय विवरण अनुसार यस अवधिमा कम्पनीको खुद नाफा ३८.०१ प्रतिशतले बढेको छ।

चालु आर्थिक वर्षको चौथो त्रैमासमा कम्पनीले ३ अर्ब ५५ करोड रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २ अर्ब ५७ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ६ अर्ब ३५ करोडबाट बढेर ६ अर्ब ९९ करोड पुगेको छ। कम्पनीको संचालन आम्दानी ८ अर्ब ६० करोडबाट बढेर ९ अर्ब ७३ करोड पुगेको छ। कम्पनीको संचालन नाफा ३ अर्ब ५७ करोडबाट बढेर ५ अर्ब १६ करोड पुगेको छ ।  यस अवधिमा कम्पनीको वितरणयोग्य मुनाफा २ अर्ब ८३ करोड रहेको छ भने वितरणयोग्य प्रति शेयर नाफा २०.८७ रुपैयाँ रहेको छ ।

यस अवधिमा कम्पनी प्रति शेयर आम्दानी २५ रुपैयाँ ७५ पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ १८८.४२ रुपैयाँ रहेको छ।

१५ अर्ब ५८ करोड चुक्ता पुँजी रहेको कम्पनीको रिजर्भमा रिजर्भमा १२ अर्ब रुपैयाँ रहेको छ। कम्पनीको खराब कर्जा ३.०१ प्रतिशतबाट घटेर २.८७ प्रतिशत रहेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठ नियुक्त

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठ नियुक्त...

भारत, चीन र अमेरिका सहित १३ देशमा राजदुत सिफारिस

आज बसेको मन्त्रिपरिषद्को बैठकले १३ वटा देशमा राजदूत नियुक्ति...

गभर्नर पौडेलको दस्तखत रहेको ५० रुपैयाँको नयाँ नोट आजदेखि चलनचल्तीमा

नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरको नयाँ नोट बजारमा...

इन्टरनेट नचलेको ग्राहकको गुनासो नसुनेपछि क्लासिक टेकले साढे २ लाख क्षतिपुर्ति तिर्नुपर्ने फैसला

भक्तपुरको सूर्यविनायक नगरपालिका ३ नयाँवस्ती, ठिमी बस्ने शिवप्रसाद पौड्यालले...

१५ वर्षदेखि रुग्ण कमला पुलको निर्माण अन्तिम चरणमा

१५ वर्षदेखि रुग्ण आयोजनाका रूपमा रहेको कमला नदीको पुल...

तोलामै ३६ सयले बढ्यो सुनको भाउ

आज शुक्रबार सुनचाँदीको भाउ बढेक छ । बिहिबार प्रतितोला...