Thursday, August 6, 2026
spot_img

यसपटकको विश्वकपमा मैदान प्रवेश गर्नासाथ मेस्सी र रोनाल्डोले बनाउनेछन् दुर्लभ रेकर्ड

spot_img

फुटबलका दुई महान् स्टार अर्जेन्टिनाका लियोनल मेस्सी र पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले यस वर्षको फिफा विश्वकप २०२६ मा मैदानमा प्रवेश गर्नेबित्तिकै इतिहास रच्ने भएका छन्। उनीहरू दुवै खेलाडी ६ औं पटक विश्वकप खेल्ने पहिलो खेलाडी बन्नेछन्।

मेस्सी  र रोनाल्डो दुवैले २००६ जर्मनी विश्वकपबाट डेब्यू गरेका थिए। २०२६ मा उनीहरूले ६ औं संस्करण खेल्न लागेका छन्। यसअघि कुनै पनि खेलाडीले ६ विश्वकप खेलेका थिएनन्। यो कीर्तिमान उनीहरू दुवैले साझा गर्नेछन्।

यी दुवैले २००६ (जर्मनी), २०१० (दक्षिण अफ्रिका), २०१४ (ब्राजिल), २०१८ (रसिया), र २०२२ (कतार) मा भएको विश्वकप खेलिसकेका छन् । अब २०२६ (क्यानडा-मेक्सिको-अमेरिका)मा हुने विश्वकप खेल्नको लागि उनीहरु टिममा समावेश भएका छन् , जुन उनीहरुको ६ औं विश्वकप हुने छ ।

 कसको प्रदर्शन कस्तो ? 

मेस्सीको विश्वकप प्रदर्शन :

२००६: ३ खेल, १ गोल, १ असिस्ट
२०१०: ५ खेल, ० गोल
२०१४: ७ खेल, ४ गोल, १ असिस्ट (उपविजेता)
२०१८: ४ खेल, १ गोल, २ असिस्ट
२०२२: ७ खेल, ७ गोल, ३ असिस्ट — विश्वकप विजेता + गोल्डेन बल
कुल: २६ खेल, १३ गोल, ८ असिस्ट (विश्वकप इतिहासमा सबैभन्दा बढी खेल खेलेको खेलाडी)

रोनाल्डोको विश्वकप प्रदर्शन :

२००६ : ६ खेल, १ गोल, १ असिस्ट
२०१० : ४ खेल, १ गोल, १ असिस्ट
२०१४: ३ खेल, १ गोल, १ असिस्ट
२०१८ : ४ खेल, ४ गोल, ० असिस्ट
२०२२ : ५ खेल, १ गोल, ० असिस्ट
कुल २२ खेल, ८ गोल, ३ असिस्ट (५ वटा फरक विश्वकपमा गोल गर्ने एकमात्र खेलाडी)

मेस्सीले विश्वकपमा सबैभन्दा बढी २६ खेल खेलेका छन् भने रोनाल्डो २२ खेल खेलेका छन्। रोनाल्डो ५ वटा फरक विश्वकपमा गोल गर्ने एकमात्र खेलाडी छन् । मेस्सीले २०१० को विश्वकोमा गोल गर्न नसकेकोले उनी पछि परेका हुन् । २६ खेलसंगै विश्वकप इतिहासमा सबैभन्दा बढी खेल खेलेको खेलाडी मेस्सी रहेका छन् । रोनाल्डोको २२ खेल मात्र भएको छ ।

यस विश्वकपमा क्रोएसियाका लुका मोड्रिचले पनि आफ्नो ५ औं विश्वकप खेल्दै छन्। तर ६ विश्वकप खेल्ने कीर्तिमान भने हालको लागि केवल मेस्सी र रोनाल्डोको मात्र हुनेछ।

यो विश्वकप मेस्सी र रोनाल्डोको लागि “Last Dance” को रूपमा हेरिएको छ। ३८ वर्षीय मेस्सीले उपाधि रक्षा गर्न चाहन्छन् भने ४१ वर्षीय रोनाल्डोले आफ्नो करियरमा अझै एउटा विश्वकप उपाधि जित्ने सपना देखिरहेका छन्। फुटबल इतिहासमा यस्तो दुर्लभ क्षण सायद फेरि दोहोरिने छैन। २०२६ को विश्वकप ले यी दुई लिजेन्डलाई सम्मान गर्न लागेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

कर्मचारीको नयाँ तलबमानः २८ हजार ९८४ रुपैयाँदेखि ९० हजार ५९४ रुपैयाँसम्म (सूची)

बजेटमा घोषणा भए अनुसार कर्मचारीहरुको नयाँ तलबमान स्वीकृत भएको...

सरकारको खानी विधेयकः १ लाख जरिवानालाई १ करोड पुर्‍याइयो, उद्योगीको ‘गम्भीर आपत्ति’

सरकारले संसदमा दर्ता गराएको खानी तथा खनिज पदार्थसम्बन्धी कानूनलाई...

पल्सरको २५ वर्ष: ल्यायो कथा सुनाएर Pulsar NS400Z जित्ने अवसर

पल्सरको २५ वर्षे गौरवपूर्ण यात्रा मनाउने क्रममा बजाज ग्लोबलले...

तथ्याङ्क नियमावली संशोधन, विद्यार्थीलाई शुल्कमा छुट

सरकारले तथ्याङ्क (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ७ निर्णय

आज साउन २० गते बसेको मन्त्रिपरिषदको बैठकले विभिन्न ७...

लगानी बोर्डको सीइओमा याङ्की उक्याव नियुक्त

सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत याङ्की उक्यावलाई नियुक्त...
spot_img