Saturday, November 15, 2025
spot_img

एक पिन्ट रगतबाट ३ देखि ५ थरी रगत बनाउन सकिन्छ

spot_img

रगत अभावको बारेमा हामीले बेलाबेलामा विभिन्न सञ्चारमाध्याममा पढ्ने र सुन्ने गरेका छौँ । नेपालमा दैनिक हजारौँ व्यक्तिले रक्तदान गरे पनि बेलाबेलामा रगतको अभाव भएको खबर सुन्छौँ । रगतलाई सही प्रयोग गरेको खण्डमा रगतको अभाव केही हदसम्म कम गराउन सकिन्छ । नेपालमा हाल वार्षिक ३ लाख ५० हजारदेखि ४ लाख पिन्ट रगत आवश्यक हुने गरेको छ ।

एकातर्फ रक्तदान गर्ने युवाहरु दिन प्रतिदिन रोजगारी र पढाईको शिलशिलामा विदेशीएका छन् भने अर्कातर्फ रोगी र वृद्धवृद्धा भएका कारण रक्तदान गर्ने वर्गसमेत घटिरहेको छ । तर वार्षिक रुपमा नेपालभर जम्मा ३ लाख पिन्ट मात्र रगत संकलन हुँदै आएको छ । यो डाटालाई हेर्ने हो भने पनि नेपालमा अझै वार्षिक १ लाख पिन्ट रगत अपुग भएको देखिन्छ । तर त्यो ३ लाखबाट ९ लाख रक्ततत्व बनाउन सकिन्छ । यसकारणले हेर्ने हो भने रगतको मागभन्दा रक्ततत्व बनाएर रगतको सही उपयोग गरेमा रगतको माग पुग्ने देखिन्छ ।

नेपालमा दैनिकजसो संकलन हुँदै आएको रगतलाई राम्रो किसिमले व्यवस्थापन गर्न नसक्दा दिन प्रतिदिन रगत अभाव हुँदै आएको छ । हामीले रगतलाई राम्रो व्यवस्थापन गर्न नसक्नु रगत अभावको मुख्य कारण हो । रक्त तत्त्वहरूको प्रयोगभन्दा होल ब्लडको प्रयोग अर्को मुख्य कारण हो ।

रगत अभाव हुने अर्को मुख्य कारण भनेको विरामीका लागि लगेर बढी भएको रगतको व्यवस्थापन नगर्नु हो । उदाहरणको लागि  कुनै एक विरामीको लागि दुई पिन्ट रगत आवश्यक भएको भनेर लिएर जानु  र रगतको प्रयोग गर्दा एक पिन्ट रगतले मात्र पुग्दा बाँकी अर्को एक पिन्ट रगत रक्तसञ्चार केन्द्रमा फिर्ता नगर्दा खेर गईरहेको हुन्छ ।

हामीले एक पिन्ट रगतबाट तीनदेखि पाँच भिन्न खालका रगत बनाउन सक्छौँ । एकै प्रकारको रगतलाई भिन्न ३ देखि ५ प्रकारको रगत बनाउनका लागि धेरै रक्त सञ्चार केन्द्र छन् । शतप्रतिशत रक्ततत्व बनाउन नेपालको अत्याधुनिक रक्तसञ्चार केन्द्र ग्राण्डी अस्पतालमा रहेको छ । ग्राण्डीको रक्तसञ्चार केन्द्रले एउटा रगतबाट ३ देखि ५ प्रकृतिक रगत बनाउँदै आएको छ  ।

जुन विरामीलाई जस्तो रगत चाहियो त्यस्तै रक्त तत्त्व बनाएर ग्राण्डीले प्रदान गर्दै आइरहेको छ । नेपालभरको रगतको समस्या भएको  केशमा विरामीका आफन्तहरु रगत खोज्नका लागि ग्राण्डीमा आउने गरेको कैयौँ उदाहरणहरु छन् ।

ग्राण्डीले हाल वार्षिक ३ हजारदेखि ५ हजार पिन्ट रगत संकलन गर्दै आएको छ । उक्त संकलन गरिएको ३ हजारदेखि ५ हजार पिन्ट रगतबाट ९ हजारदेखि १५ हजार पिन्ट विभिन्न किसिमका रगत बनाउँदै आएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

मल्टीपर्पस फाइनान्स पनि आरटीजीएस प्रणालीमा आवद्द

मल्टीपर्पस फाइनान्स लिमिटेड पनि नेपाल राष्ट्र बैंकको Real Time...

७९ प्रतिशतले बढ्यो विकाश हाइड्रोपावरको खुदनाफा

विकाश हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो...

फ्रान्स पनि आगामी फिफा विश्वकपको लागि छनौट, ४८ मध्ये २९ देशको टुंगो लाग्यो

फ्रान्स राष्ट्रिय फुटबल टोलीले युरोपेली छनोट समूह 'डी' को...

नेपाली उपभोक्ताका लागि भरपर्दो र विश्वसनीय बन्दै हुन्डाईको क्रेटा इभी

नेपालमा इलेक्ट्रिक सवारी साधनप्रति उपभोक्ताको रुची बढ्दो छ ।...

४९.९५ मेगावाटको दाना खोला आयोजनाको इलेक्ट्रो मेकानिकल कार्य भारतको फ्लोभेलले गर्ने

लालुपाते हाईड्रोपावर कम्पनीले निर्माण गर्ने ४९.९५ मेगावाट क्षमताको दाना...

कुलमानले खारेज गरेको पुनरावलोकन समिति ब्यूँत्याउन उद्योगीहरुको माग

ऊर्जामन्त्री कुलमान घिसिङले खारेज गरेको प्रशासकीय पुनरावलोन समिति ब्यूँत्याउन...
spot_img
spot_img
spot_img