Monday, July 13, 2026
spot_img

११ महिनामा १४ खर्ब बढीको सामान आयात, १३१४ अर्ब पुग्यो नेपालको ब्यापार घाटा

spot_img

चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो ११ महिना (२०८० साउन देखि २०८१ जेठ सम्म)मा १४ खर्ब ५३ अर्ब ७० करोड रुपैयाँ बराबरको बस्तु तथा सेवा आयात भएको छ । गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा आयात १.८४ प्रतिशत आयात घटेको हो । गत आवको ११ महिनामा १४ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँ बराबरको बस्तु तथा सेवा आयात भएको थियो ।

आयातसँगै नेपालको निर्यात पनि घटेको छ । चालु आवको ११ महिनामा निर्यात ३.०१ प्रतिशतले घटेको हो । चालु आवको ११ महिनामा १ खर्ब ३९ अर्ब रुपैयाँको बस्तु तथा सेवा निर्यात भएको छ । गत वर्षको सोहि अवधिमा यस्तो निर्यात १ खर्ब ४३ अर्ब रुपैयाँको भएको थियो ।

यो अवधिमा १५ खर्ब ९२ अर्ब ९६ करोड रुपैयाँको वैदेशिक व्यापार भएको छ । गत आवको सोहि अवधिको तुलनामा यो १.९५ प्रतिशत कम हो । गत आवको सोहि अवधिमा नेपालको वैदेशिक व्यापार १६ खर्ब २४ अर्ब ५६ करोड रहेको थियो ।

समग्रमा यो ११ महिनामा नेपालको ब्यापार घाटा १३ खर्ब १४ अर्ब ४४ करोड रुपैयाँ रहेको छ । जुन गत आवको सोहि अवधिको तुलनामा १.७२  प्रतिशत कम हो । गत आवको सोहि अवधिमा १३ खर्ब ३७ अर्ब ३९ करोड रुपैयाँ व्यापार घाटा रहेको थियो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

जुलाईभरि HONOR 600 र HONOR 600 Pro खरिद गर्दा स्मार्टवाच सित्तैमा

स्मार्टफोन कम्पनी HONOR ले HONOR 600 र HONOR 600...

दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त

नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त भएका छन्...

पासपोर्ट व्यवस्थापनमा आजदेखि नयाँ प्रणाली

राहदानी विभागले आजदेखि नयाँ राहदानी उत्पादन तथा व्यवस्थापन प्रणालीमार्फत...

टाइम फर्मास्यूटिकल्स आईपीओ: QII को लागि ५०० देखि ७५० रुपैयाँसम्म हुने गरि मूल्य निर्धारण

टाइम फर्मास्यूटिकल्स लिमिटेडले बुक विल्डिङ्ग बिधि मार्फत निष्काशन हुने...

सर्वोत्तम पेन्ट्सको शेयर डिम्याट गराउन सम्झौता

सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन...

घट्यो सुनचाँदीको मूल्य

आज सोमबार सुनको भाउ घटेको छ । आइतबार प्रतितोला...
spot_img