चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो ११ महिना (२०८० साउन देखि २०८१ जेठ सम्म)मा १४ खर्ब ५३ अर्ब ७० करोड रुपैयाँ बराबरको बस्तु तथा सेवा आयात भएको छ । गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा आयात १.८४ प्रतिशत आयात घटेको हो । गत आवको ११ महिनामा १४ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँ बराबरको बस्तु तथा सेवा आयात भएको थियो ।
आयातसँगै नेपालको निर्यात पनि घटेको छ । चालु आवको ११ महिनामा निर्यात ३.०१ प्रतिशतले घटेको हो । चालु आवको ११ महिनामा १ खर्ब ३९ अर्ब रुपैयाँको बस्तु तथा सेवा निर्यात भएको छ । गत वर्षको सोहि अवधिमा यस्तो निर्यात १ खर्ब ४३ अर्ब रुपैयाँको भएको थियो ।
यो अवधिमा १५ खर्ब ९२ अर्ब ९६ करोड रुपैयाँको वैदेशिक व्यापार भएको छ । गत आवको सोहि अवधिको तुलनामा यो १.९५ प्रतिशत कम हो । गत आवको सोहि अवधिमा नेपालको वैदेशिक व्यापार १६ खर्ब २४ अर्ब ५६ करोड रहेको थियो ।
समग्रमा यो ११ महिनामा नेपालको ब्यापार घाटा १३ खर्ब १४ अर्ब ४४ करोड रुपैयाँ रहेको छ । जुन गत आवको सोहि अवधिको तुलनामा १.७२ प्रतिशत कम हो । गत आवको सोहि अवधिमा १३ खर्ब ३७ अर्ब ३९ करोड रुपैयाँ व्यापार घाटा रहेको थियो ।