Saturday, July 11, 2026
spot_img

खुल्यो ट्रायल परीक्षाको फाराम

spot_img

सवारी साधन चलाउन सिकाउने ड्राइभिङ सेन्टरहरुले अचाक्ली महँगो शुल्क लिने र नवीकरण फेल भएका सवारी प्रयोग गर्ने गरेको विषय सार्वजनिक भएपछि अनुसन्धानका लागि रोकिएको लाइसेन्स परीक्षाको फाराम आजबाट खुलेको छ ।

यसअघि राष्ट्रिय सतर्कता केन्द्रले समेत चासो दिएर अनुसन्धान गर्दै ड्राइभिङ सेन्टरहरुको गुणस्तरीयता र त्यहाँ प्रयोग हुने सवारी साधनहरु ठिक छन् भन्ने प्रमाणित नभएसम्म ट्रायल परीक्षा बन्द गरेको थियो । सतर्कता केन्द्रले काठमाडौँ उपत्यकामा संचालित ४ वटा ट्रायल सेन्टरको स्थलगत अध्ययन गरी मापदण्ड पूरा नभएको भन्दै ट्रायल रोक्न निर्देशन दिएको थियो । जसकारण जेठ पहिलोसातादेखि ट्रायल परीक्षा बन्द भएको थियो ।

सतर्कता केन्द्रको निर्देशन प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्रालयले मापदण्ड अनुरुप नचलेका ट्रायल सेन्टरलाई मापदण्ड अनुसारको बनाउने बताएको थियो । अहिले ट्रायल सेन्टरहरूले केन्द्रले भने अनुसार सुधार गरेपछि पुनः सेवा सञ्चालन गर्न बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले यातायात व्यवस्था कार्यालयहरु भक्तपुर, चाबहिल, गुर्जुधारा र ठूलोभर्याङलाई पत्रचार गरेको हो ।

यसअघि राष्ट्रिय सतर्कता केन्द्रले जेठ ३ गते भक्तपुरको इजी वे ट्रायल सेन्टर, गुर्जुधाराको भेइकल एकेडेमी एण्ड रिसर्च सेन्टर, गोकर्णेश्वरको नेपाल ड्राइभिङ एन्ड रिकन्डिसन सेन्टर प्रा.लि. र एकान्तकुनाको सुजुकी ड्राइभिङ स्कुलमा ट्रायल परीक्षा बन्द गरेको थियो । ती ट्रायल सेन्टरहरूले सवारीचालक प्रशिक्षण केन्द्र सञ्चालन निर्देशिका २०७४ ले तोकेको मापदण्डअनुसार परीक्षा नलिएको केन्द्रले बताएको थियो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

आधा पनि खर्च भएन विकास बजेट

चालु आर्थिक वर्षको पुँजीगत बजेट आधा पनि खर्च हुन...

ऋण असुलीबाट शिव शिखरका थप ९६ जना पिडितले पाए बचत फिर्ता

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका थप बचतकर्ताको...

प्रदेशभित्रको सार्वजनिक यातायातका समस्या समाधान गर्ने मुख्यमन्त्रीको प्रतिवद्धता

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बाँनियाले प्रदेशभित्र देखिएका सार्वजनिक यातायातका...

भाटभटेनी सुपर मार्केटको विराटनगर आउटलेट सञ्चालनमा

गत वर्ष भदौको जेन् जी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको...

प्रधानमन्त्रीले ‘क्रस कोइसन’ गर्दै डेढ घण्टा आफ्ना कुरा सुनेपछि ऊर्जा उद्यमी उत्साहित

प्रधानमन्त्री वालेन्द्र शाहले स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पान नेपालका...
spot_img