Friday, November 14, 2025
spot_img

खुल्यो ट्रायल परीक्षाको फाराम

spot_img

सवारी साधन चलाउन सिकाउने ड्राइभिङ सेन्टरहरुले अचाक्ली महँगो शुल्क लिने र नवीकरण फेल भएका सवारी प्रयोग गर्ने गरेको विषय सार्वजनिक भएपछि अनुसन्धानका लागि रोकिएको लाइसेन्स परीक्षाको फाराम आजबाट खुलेको छ ।

यसअघि राष्ट्रिय सतर्कता केन्द्रले समेत चासो दिएर अनुसन्धान गर्दै ड्राइभिङ सेन्टरहरुको गुणस्तरीयता र त्यहाँ प्रयोग हुने सवारी साधनहरु ठिक छन् भन्ने प्रमाणित नभएसम्म ट्रायल परीक्षा बन्द गरेको थियो । सतर्कता केन्द्रले काठमाडौँ उपत्यकामा संचालित ४ वटा ट्रायल सेन्टरको स्थलगत अध्ययन गरी मापदण्ड पूरा नभएको भन्दै ट्रायल रोक्न निर्देशन दिएको थियो । जसकारण जेठ पहिलोसातादेखि ट्रायल परीक्षा बन्द भएको थियो ।

सतर्कता केन्द्रको निर्देशन प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्रालयले मापदण्ड अनुरुप नचलेका ट्रायल सेन्टरलाई मापदण्ड अनुसारको बनाउने बताएको थियो । अहिले ट्रायल सेन्टरहरूले केन्द्रले भने अनुसार सुधार गरेपछि पुनः सेवा सञ्चालन गर्न बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले यातायात व्यवस्था कार्यालयहरु भक्तपुर, चाबहिल, गुर्जुधारा र ठूलोभर्याङलाई पत्रचार गरेको हो ।

यसअघि राष्ट्रिय सतर्कता केन्द्रले जेठ ३ गते भक्तपुरको इजी वे ट्रायल सेन्टर, गुर्जुधाराको भेइकल एकेडेमी एण्ड रिसर्च सेन्टर, गोकर्णेश्वरको नेपाल ड्राइभिङ एन्ड रिकन्डिसन सेन्टर प्रा.लि. र एकान्तकुनाको सुजुकी ड्राइभिङ स्कुलमा ट्रायल परीक्षा बन्द गरेको थियो । ती ट्रायल सेन्टरहरूले सवारीचालक प्रशिक्षण केन्द्र सञ्चालन निर्देशिका २०७४ ले तोकेको मापदण्डअनुसार परीक्षा नलिएको केन्द्रले बताएको थियो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

मल्टीपर्पस फाइनान्स पनि आरटीजीएस प्रणालीमा आवद्द

मल्टीपर्पस फाइनान्स लिमिटेड पनि नेपाल राष्ट्र बैंकको Real Time...

७९ प्रतिशतले बढ्यो विकाश हाइड्रोपावरको खुदनाफा

विकाश हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो...

फ्रान्स पनि आगामी फिफा विश्वकपको लागि छनौट, ४८ मध्ये २९ देशको टुंगो लाग्यो

फ्रान्स राष्ट्रिय फुटबल टोलीले युरोपेली छनोट समूह 'डी' को...

नेपाली उपभोक्ताका लागि भरपर्दो र विश्वसनीय बन्दै हुन्डाईको क्रेटा इभी

नेपालमा इलेक्ट्रिक सवारी साधनप्रति उपभोक्ताको रुची बढ्दो छ ।...

४९.९५ मेगावाटको दाना खोला आयोजनाको इलेक्ट्रो मेकानिकल कार्य भारतको फ्लोभेलले गर्ने

लालुपाते हाईड्रोपावर कम्पनीले निर्माण गर्ने ४९.९५ मेगावाट क्षमताको दाना...

कुलमानले खारेज गरेको पुनरावलोकन समिति ब्यूँत्याउन उद्योगीहरुको माग

ऊर्जामन्त्री कुलमान घिसिङले खारेज गरेको प्रशासकीय पुनरावलोन समिति ब्यूँत्याउन...
spot_img
spot_img
spot_img