spot_img

हुलास फिनसर्भ हायर पर्चेजको नाफा ६५.३५ प्रतिशतले वृद्धि, कर्जा पोर्टफोलियो ११.२८ अर्ब रुपैयाँ

spot_img

हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड (साबिक हुलास फिनसर्भ लिमिटेड)ले चालु आर्थिक वर्ष २०८२÷८३ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

प्रकाशित अन्तरिम वित्तीय विवरणअनुसार कम्पनीले उल्लेखनीय व्यवसायिक विस्तार र प्रभावकारी कर्जा असुलीका कारण नाफा तथा कर्जा लगानी दुवैमा उत्साहजनक वृद्धि हासिल गरेको जनाएको छ ।

कम्पनीले समीक्षा अवधिसम्म २४ करोड १३ लाख ४२ हजार रुपैयाँ (रु. २४१.३४ मिलियन) खुद नाफा आर्जन गरेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा ६५.३५ प्रतिशतले बढी हो ।

यस अवधिमा कम्पनीको कुल कर्जा पोर्टफोलियो १० अर्ब पुगेको छ । जुन व्यवसायको आकारमा ७५.१० प्रतिशतको वृद्धि हो । कम्पनीका अनुसार सशक्त व्यवसायिक विस्तार तथा प्रभावकारी रिकभरी व्यवस्थापनका कारण निष्क्रिय कर्जा (एनपिएल) अनुपात ४.२२ प्रतिशतबाट घटेर २.९४ प्रतिशतमा झरेको छ । कर्जा लगानी उल्लेखनीय रूपमा बढाउँदै लैजाँदा पनि सम्पत्ति गुणस्तर सुधार हुनु कम्पनीको वित्तीय व्यवस्थापनको सकारात्मक संकेत भएको कम्पनीले जनाएको छ ।

कम्पनीले आगामी दिनमा पनि सन्तुलित तथा दिगो व्यवसायिक वृद्धि, प्रभावकारी जोखिम व्यवस्थापन, कर्जा असुली सुदृढीकरण तथा सरोकारवालाको दीर्घकालीन हित संरक्षणमा केन्द्रित रहने प्रतिबद्धता व्यक्त गरेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

गाडीको मूल्य घटेर आउँदा भन्सारलाई तनाव, आयातकर्तालाई हैरानी

विद्युतीय गाडी उत्पादनमा अहिले उत्पादक देशका कम्पनीहरुबीच तीव्र प्रतिस्पर्धा...

टाटाको जोयफुल विकः ४ लाख तिरेर टियागो ईभी घर लैजान पाइने

नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले नयाँ...

बजाजको निःशुल्क चेकअप क्याम्पः लेबर चार्जदेखि स्पेयर पार्टस् सम्ममा छुटैछुट

चाडपर्वको समय नजिकिँदै गर्दा मोटरसाइकलको नियमित तथा पूर्वसावधानीपूर्ण मर्मतसम्भारलाई...

टाटा कमर्सियल सवारीका ग्राहकले अब राती ९ बजेसम्म सर्भिस पाउने

टाटा मोटर्सको आधिकारिक आयातकर्ता सिप्रदी ट्रेडिङको आधिकारिक सर्भिस सेन्टर...

खाने तेलमा ‘कडा मापदण्ड’ तोकिँदै

सरकारले तोरी, भटमास र सूर्यमुखी तेलको नयाँ मापदण्ड तोक्ने...

काठमाडौं उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार

काठमाडौं उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार हुने भएको छ...