spot_img

मर्चेण्ट बैंकिङ सेवा दिन कामना सेवा विकास बैंकले खरिद गर्यो आकाश क्यापिटल

spot_img

कामना सेवा विकास बैंक लिमिटेडले मर्चेण्ट बैंकिङ सम्बन्धी कार्य गर्नका लागि आकाश क्यापिटल लिमिटेडको संस्थापक शेयर खरिद गरि उक्त कम्पनीलाई आफ्नो सहायक कम्पनीको रुपमा सञ्चालन गर्ने भएको छ । उक्त कम्पनीलाई सहायक कम्पनीको रुपमा सञ्चालन गर्न नेपाल राष्ट्र बैंकवाट स्वीकृती प्राप्त गरिसकेको बैंकले जनाएको छ ।

यस अघि बैंक र आकाश क्यापिटल लिमिटेडबीच संस्थापक शेयर खरिद विक्री गर्ने सम्झौतामा हस्ताक्षर भईसकेको थियो । नेपाल राष्ट्र बैंकवाट उक्त लगानीका लागि स्वीकृति प्राप्त भएसँगै प्रचलित धितोपत्र सम्वन्धी कानुन तथा नियामकिय व्यवस्था अनुसार नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट आवश्यक अनुमती तथा दर्ता प्रकृयाहरु पूरा गरि मर्चेण्ट बैंकिङ सेवाहरु सञ्चालनमा ल्याईने बैंकले जनाएको छ ।

हाल आकाश क्यापिटल लि.को नाममा रहेको उक्त कम्पनी कामना सेवा विकास बैंक लि.को सहायक कम्पनी भएसँगै “कामना सेवा क्यापिटल लिमिटेड” को रुपमा सञ्चालन हुने बैंकले जनाएको छ । यसबाट बैंकको सेवा दायरा विस्तार हुनुका साथै नेपालको पूँजी बजारको विकासमा सकारात्मक योगदान पूग्ने बैंकले विश्वास लिएको छ ।

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

शेयर कारोबार स्थगन भएको विषयमा छानबिन गर्न धितोपत्र बोर्डले खटायो निरीक्षण टोली

नेपाल धितोपत्र बोर्डले आज सोमबार शेयर कारोबार स्थगन भएको...

बिजुलीमा लाग्दै आएको भ्याट हटाउन लागिएको हो ?

संसदबाट बजेट पारित हुँदा सरकारलाई दिने गरिएको कर संशोधन...

सुनको भाउ घट्यो

आज सोमबार सुनको भाउ घटेको छ । आइतबार प्रतितोला...

बेनी हाइड्रोपावरको आईपीओ बाँडफाँड, ८६ हजार ३ सय २० जनाले पाए शेयर

बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बाँडफाँड...

गाडीको मूल्य घटेर आउँदा भन्सारलाई तनाव, आयातकर्तालाई हैरानी

विद्युतीय गाडी उत्पादनमा अहिले उत्पादक देशका कम्पनीहरुबीच तीव्र प्रतिस्पर्धा...