विश्व लगानीकर्ता सप्ताह २०२४ को अवसरमा आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले वित्तीय शिक्षा अभिबृद्धिको लागि सचेतनामूलक कार्यक्रम गरेको छ। कम्पनीले कार्तिक ११ गते राम नारायण अयोध्या उच्च मा.वि, पिपरा, महोत्तरी मा प्लस २ तहमा अध्यनरत विधार्थीहरु तथा शिक्षक÷ शिक्षिकाहरुको लागि वित्तीय शिक्षा अभिबृद्धिको लागि सचेतनामूलक कार्यक्रम गरेको हो।
उक्त कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड पिपरा शाखाका प्रमुख सन्तोष कुमार ठाकुर र शाखाका कर्मचारी भगवान् चौधरी तथा राम नारायण अयोध्या उच्च मा.वि, का अध्यक्ष लक्ष्मण मण्डल, सहायक प्रधानाध्यापक सुजय कुमार राय लगायत अध्यनरत विधार्थीहरु तथा शिक्षक÷शिक्षिकाहरुको उपस्थिति रहेको थियो ।
आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट कम्पनीको प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेल, बरिष्ठ प्रबन्धक अजय घिमिरे र अधिकृत राम नारायण तिवारीले कार्यक्रम संचालन गरेका थिए । साथै, छलफलमा उठेका प्रश्नहरुको जवाफ अजय घिमिरे तथा राम नारायण तिवारीले दिएका थिए।
यस कार्यक्रमले पूँजीबजार सम्बन्धी शिक्षा तथा सचेतना अभिबृद्धि गर्ने र सहभागीहरुले शेयर लगानी सम्बन्धि ज्ञान हासिल गरि लाभान्वित हुने विश्वास गरेको कम्पनीले जनाएको छ। आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेड राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको शतप्रतिशत लगानीमा स्थापित संस्था हो ।
धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्वन्धी देशव्यापीरुपमा शिक्षा तथा सचेतना अभिबृद्धि गरी लगानीकर्ता सशक्तिकरण गर्ने उद्देश्यले नेपाल धितोपत्र बोर्डले विश्व लगानीकर्ता सप्ताह–२०२४ देशभरी विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ ।









