Tuesday, June 16, 2026
spot_img

नेप्सेले फिर्ता बोलाएपछि सीडीएसले पनि गर्यो पन्दाकको प्रबन्ध संचालक पद नरहने निर्णय

spot_img
spot_img

सीडीएस एण्ड क्लियरिंगको संचालक समितिले प्रविण पन्दाकको प्रबन्ध संचालक पद कायम नरहने निर्णय गरेको छ । हिजो आइतबार बसेको सीडीएसको संचालक समितिको बैठकले नेपाल स्टक एक्सचेन्ज नेप्सेबाट प्राप्त पत्र अनुसार पन्दाकको संचालक पद कायम नरहने निर्णय गरेको स्रोतले जनाएको छ। यस संगै आज सोमबार पन्दाक कार्यालय गएकी छैनन् ।

नेपाल स्टक एक्सचेन्ज नेप्सेले सीडीएससीको संचालकबाट पन्दाकलाई फिर्ता बोलाउने निर्णय गरेको थियो।  शुक्रबार बसेको नेप्सेको संचालक समितिको बैठकले पन्दाकलाई संचालकबाट फिर्ता बोलाउने निर्णय गरेको हो।

स्रोतका अनुसार प्रधानमन्त्री कार्यालयबाट उनलाई हटाउन निर्देशन आएपछि नेप्सेले संचालक पदबाट फिर्ता बोलाउने निर्णय गरेको हो। उनी संचालकबाट फिर्ता भएपछि उनको प्रबन्ध संचालक पद स्वत रिक्त भएकोले सिडीएसको संचालक समितिको बैठकले सोहि अनुसार निर्णय गरेको हो।

अब नेप्सेले सिडीएससीमा नयाँ संचालक पठाउने र सिडीएससीको सीइओ भने सिडीएससी कै संचालक समितिले वा नेपाल सरकारले नियुक्त गर्ने छ। हाल सिडीएसमा नेप्सेको शेयर स्वामित्व ५०.९३ प्रतिशत छ भने अर्थ मन्त्रालयको स्वामित्व ४९.०६ प्रतिशत छ।

पछिल्लो समय आईजिन निर्देशिका ल्याएपछि पन्दाक विवादित भएकी थिइन् । उनले आईपीओ जारी गर्ने कम्पनीमा संस्थापक शेयर र साधारण शेयरलाई छुट्टाछुट्टै आईजिन दिने प्रस्तवा गरेर निर्देशिका तयार पारि स्वीकृतिको लागि नेपाल धितोपत्र बोर्डमा पठाएकी थिईन। विवादित बनेको सो निर्देशिका हालसम्म पनि बोर्डले स्वीकृत गरेको छैन ।

यो पनि : सरकारको निर्देशनपछि सिडीएससीबाट प्रविण पन्दाकलाई फिर्ता बोलाउने नेप्सेको निर्णय

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

५ हजार भन्दा बढी औषधि पसलको लाईसेन्स खारेज

सरकारले ५ हजार भन्दा बढी औषधि पसलको लाईसेन्स खारेज...

पूर्वाधार विकास मन्त्रालयमा अटोमोवाइलसँग सम्बन्धित विभिन्न विषयमा छलफल

नाडाले पूर्वाधार विकास मन्त्रालयका मन्त्री सुनिल लम्सालसँग भेट गरेको...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

राष्ट्रिय वाणिज्य बैंकद्वारा गोरखाको सिउरेनीटार र जुम्लाको सिंजामा शाखा विस्तार

राष्ट्रिय वाणिज्य बैंकले गोरखा जिल्लाको गण्डकी गाउँपालिका वडा नं...

म्यानपावरलाई विभागको निर्देशनः देशभित्रका एयरपोर्टबाट मात्रै श्रमिकलाई विदेश पठाउनू

वैदेशिक रोजगार विभागले म्यानपावर कम्पनीहरुलाई निर्देशन दिँदै श्रमिकलाई विदेश...

ERC मा पदाधिकारी नहुँदा हाइड्रोले AGM गर्न पाएनन्, पारित बोनस पनि भएन लिस्टिङ

विद्युत नियमन आयोग (ERC ) मा पदाधिकारी नहुँदाको असर...
spot_img