नेपाल स्टक एक्सचेन्ज नेप्सेले सीडीएससीको संचालकबाट प्रविण पन्दाकलाई फिर्ता बोलाउने निर्णय गरेको छ। आज बसेको नेप्सेको संचालक समितिको बैठकले पन्दाकलाई संचालकबाट फिर्ता बोलाउने निर्णय गरेको स्रोतले जनाएको छ।
स्रोतका अनुसार प्रधानमन्त्री कार्यालयबाट उनलाई हटाउन निर्देशन आएपछि नेप्सेले संचालक पदबाट फिर्ता बोलाउने निर्णय गरेको हो। उनी संचालकबाट फिर्ता भएपछि उनको प्रबन्ध संचालक पद स्वत रिक्त भएको छ।
अब नेप्सेले सिडीएससीमा अर्को संचालक पठाउने र सिडीएससीको सीइओ भने संचालक समितिले नै नियुक्त गर्ने छ।
पछिल्लो समय आईजिन निर्देशिका ल्याएपछि पन्दाक विवादित भएकी थिइन् । उनले आईपीओ जारी गर्ने कम्पनीमा संस्थापक शेयर र साधारण शेयरलाई छुट्टाछुट्टै आईजिन दिने प्रस्तवा गरेर निर्देशिका तयार पारि स्वीकृतिको लागि नेपाल धितोपत्र बोर्डमा पठाएकी थिईन। विवादित बनेको सो निर्देशिका हालसम्म पनि बोर्डले स्वीकृत गरेको छैन ।













