Saturday, July 25, 2026
spot_img

बैंकिंङ समूह बढेपछि शेयरबजारमा ६४.६७ अंकको वृद्धि, २१ अर्ब बढीको कारोबार

spot_img

साताको अन्तिम दिन आज बिहीबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ। आज नेप्से सूचक ६४.६७ अंकले बढेर २८७७.०२ को बिन्दुमा पुगेर रोकिएको छ।

आज कारोबारमा आएका ५ करोड ६९ लाख २० हजार ६ सय ८ कित्ता शेयर खरिद बिक्रीबाट २१ अर्ब २२ करोड ३४ लाख ९४ हजार ८ सय ८६ रुपैयाँ ९८ पैसाको कारोबार भएको छ । जस मध्ये ङादी ग्रुप पावरको सर्वाधिक ६७ करोड १६ लाखको कारोबार भएको छ भने नेशनल हाइड्रोको ६६ करोड ९० लाखको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये कर्पोरेट डेभलपमेन्ट बैंक, सालपा विकास बैंक र रिलायन्स  स्पिनिग मिल्सको शेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ। त्यस्तै सोलु हाइड्रोपावरको शेयर मूल्य ९.९९ प्रतिशत तथा होटेल फरेस्ट इनको शेयर मूल्य ९.९६ प्रतिशतले बढेको छ।

आज कारोबारमा आएका मध्ये नेपाल लाइफ समृद्धि योजनाको इकाई मूल्य सर्वाधिक ५.१२ प्रतिशत घटेको छ । त्यस्तै एभरेष्ट बैंकक ऋणपत्रको शेयर मूल्य ४.३५ प्रतिशत घटेको छ भने महुली लघुवित्तको शेयर मूल्य २.९७ प्रतिशत घटेको छ ।

आज कारोबारमा आएका सबै समुहगत उपसूचक बढेका छन् । जस मध्ये विकास बैंक समूह सर्वाधिक ३.९५ प्रतिशत तथा वाणिज्य बैंक समूह ३.१६ प्रतिशत बढेको छ।

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

हेलिकप्टरमा सामान ढुवानी गरेर बडीमालिकामा टेलिफोन र इन्टरनेट पुर्याईने

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाजुरा जिल्लाको बडीमालिका...

Short Selling लाई बजारले adopt गर्यो भने दैनिक खर्बको कारोबार हुनसक्छ (भिडियो)

नेपाल धितोपत्र बोर्डले शेयरबजारमा short selling कारोबार सुरु गर्नको...

प्रियराज रेग्मीको नेतृत्वमा महासंघको पुँजीबजार समिति गठन, यी हुन् १७ सदस्य

नेपाल उद्योग वाणिज्य महासंघमा पुँजीबजार समिति गठन भएको छ।...

१५ दिनपछि नेपाली युवालाई विदेश पठाउन रोक्ने म्यानपावर व्यवसायीको चेतावनी

वैदेशिक रोजगार व्यवसायी संघले आफूहरुका माग सम्बोधन नगरिए १५...

तोलामा ५८ सयले घट्यो सुनको भाउ

आज शुक्रबार सुनचाँदीको भाउ घटेको छ । बिहिबार प्रतितोला...

आज निर्यातजन्य उद्योगका व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री

प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपालका प्रमुख निर्यातजन्य उद्योगव्यवसायसँग आबद्ध...
spot_img