Saturday, September 5, 2026
spot_img

शेयरबजारमा ३८.५२ अंकको वृद्धि, चुनावअघि कन्फिडेन्ट देखिए लगानीकर्ता

spot_img

फागुन २१ गतेको लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन भन्दा अगाडिको अन्तिम शेयर कारोबारमा आज शेयरबजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ  । आज नेप्से सूचक ३८.५२ अंकले बढेर २७१२.४९ को बिन्दुमा पुगेर रोकिएको छ । यसले चुनाव अघि लगानीकर्ता कन्फिडेन्ट देखिएको संकेत गरेको छ।

आज कारोबारमा आएका ३२९ कम्पनीका १ करोड ५१ लाख ८४ हजार ६ सय ७ कित्ता शेयर खरिद बिक्रीबाट ६ अर्ब २३ करोड ४३ लाख ८१ हजार रुपैयाँको कारोबार भएको छ। जस मध्ये आँखु खोला हाइड्रोको सर्वाधिक ३४ करोड ६५ लाखको कारोबार भएको छ रिडी पावरको २७ करोड ७४ लाखको कारोबार भएको छ।

आज कारोबारमा आएका मध्ये सालपा विकास बैंकको शेयर मूल्य ९.९९ प्रतिशत बढेको छ भने पन्चकन्या माई हाइड्रोको शेयर मूल्य ९.८९ प्रतिशत बढेको छ। त्यस्तै रिलायन्स स्पिनिङ्ग मिल्सको शेयर मूल्य ९.८२ प्रतिशत बढेको छ। कारोबारमा आएका मध्ये शुभम पावरको शेयर मूल्य सर्वाधिक २.५३ प्रतिशतले घटेको छ।

आज कारोबारमा आएका ट्रेडिङ बाहेकका समुहगत उपसूचक बढेका छन् । जस मध्ये हाइड्रो समूह सर्वाधिक २.१३ प्रतिशत बढेको छ।

भोलि फागुन २० गतेबाट सरकारले ३ दिन चुनावको लागि सार्वजनिक विदा दिएकोले चुनाव अघिको अन्तिम शेयर कारोवार आज फागुन १९ गते भएको हो । सरकारले चुनाव हुने अघिल्लो दिन फागुन २०, चुनाव हुने दिन फागुन २१ र चुनावको भोलिपल्ट फागुन २२ गते सार्वजनिक विदा दिएको छ। ति दिनमा शेयर कारोबार हुने छैन । त्यस्तै फागुन २३ गते शनिवार परेको छ भने फागुन २४ गते अन्तराष्ट्रिय महिला श्रमिक दिवसको सार्वजनिक विदा रहेको छ।

अब फागुन २५ गतेमात्र शेयरबजार खुला हुनेछ। सो दिनसम्म चुनावको प्रारम्भिक परिणाम आईसक्ने आँकलन गरिएको छ।

 

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

आफ्नै गतिमा बग्न थाल्यो चमेलिया नदी, जलविद्युत आयोजना सुरक्षित

पहिरोले केही बेर आंशिक थुनिएको चमेलिया नदी आफ्नो पुरानो...

नेपाल भित्रियो विश्व कै पहिलो Soluble Lead-Flow Battery, बन्न सक्छ PROR कै विकल्प

नेपालमा पहिलोपटक Soluble Lead-Flow Battery (SLFB) प्रविधि भित्रिएको छ।...

बाढीका कारण चीनमा फसेका १५५ जना तातोपानी हुँदै नेपाल फर्किए

भोटेकोशी बाढीका कारण चीनतर्फ फसेका १५५ जना नेपाली शुक्रबार...

भोटेकोशी बाढीपीडितको पुनःस्थापनाका लागि जग्गा पहिचान गर्न समिति गठन

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले...