Sunday, July 26, 2026
spot_img

सेबोनद्वारा मार्जिन कारोबार सम्बन्धी निर्देशिका स्वीकृत, फागुन १ बाट लागू हुने (पूर्णपाठ)

spot_img

नेपाल धितोपत्र बोर्डले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ११८ बमोजिम मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशिका, २०८२ स्वीकृत गरेको छ । मार्जिन कारोबार सम्बन्धी निर्देशन, २०७४ खारेज गर्दै स्वीकृत भएको नयाँ निर्देशिका फागुन १ गतेदेखि लागू गर्ने निर्णय भएको सेबोनले जनाएको छ ।

निर्देशिकामा मार्जिन कारोबारका लागि योग्य शेयर सम्बन्धि प्रावधान राखिएको छ । यस अन्तर्गत कम्तिमा २५ लाख कित्ता सर्वसाधारण शेयर (लकइन भएका शेयर बाहेक) सूचिकरण भएको, नेटवर्थ चुक्ता पुँजी बराबर वा सो भन्दा बढी भएको, पछिल्लो तीन वर्षमा दुई वर्ष खुद नाफा गरेको, प्रारम्भिक सार्वजनिक निष्काशन मार्फत् निष्काशन भएको शेयर सूचिकरण भएको कम्तीमा दुई वर्ष पूरा भएको संगठित संस्थाले मात्रै यस्तो कारोबार गर्न पाउने छन् ।

मार्जिन कारोबार सुविधा प्रदान गर्ने धितोपत्र दलाल व्यवसायीको योग्यता पनि उल्लेख गरिएको छ । जसमा चुक्ता पुँजी न्यूनतम २० करोड रुपैयाँ भएको, राफसाफ सदस्यता प्राप्त गरेको, निक्षेप सदस्य वा निक्षेप सदस्य कम्पनीको शेयरधनी रहेको वा सहायक कम्पनीको रुपमा रहेका धितोपत्र दलाल व्यवसायीकोमुख्य कम्पनीले निक्षेप सदस्यता प्राप्त गरेको धितोपत्र दलाल व्यवसायीले मार्जिन कारोबार सुविधा पाउने छन् ।

धितोपत्र दलाल व्यवसायीले आफ्नो प्रमाणित नेटवर्थको पाँच गुणासम्म मार्जिन कारोबार सुविधा उपलब्ध गराउन सक्नेछ । धितोपत्र दलाल व्यवसायीले कुनै एक ग्राहक तथा निजको एकाघरका सदस्य वा सम्बद्ध संस्थालाई मार्जिन सुविधा प्रदान गर्दा धितोपत्र दलाल व्यवसायीले प्रदान गर्नसक्ने कुल मार्जिन सुविधाको बढिमा १० प्रतिशतभन्दा बढी मार्जिन कारोबार सुविधा उपलब्ध गराउन सक्ने छैन ।

मार्जिन कारोबार सुविधाको समयावधि बढीमा एक वर्षसम्म हुनेछ । तोकिएको समयावधि पश्चात् नविकरण भने गर्न सकिनेछ ।

निर्देशिकाको पूर्णपाठः

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

नागरिक एपबाटै ग्लोबल आइएमई बैंकमा खाता खोल्न सकिने

ग्लोबल आइएमई बैंकले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न...

सुनचाँदीको भाउ बढ्यो

आज आइतबार सुनचाँदीको भाउ बढेको छ । अघिल्लो दिन...

बुधबारबाट चाइनाबजार शुभारम्भ हुँदै, चीनमा बनेका सामग्री सिधै उपभोक्तासम्म

नेपाली उपभोक्तालाई लक्षित नयाँ ई–कमर्स प्लेटफर्म चाइनाबजारको औपचारिक शुभारम्भ...

सुरु भयो लाभांश घोषणाको क्रम, सिद्धार्थको ओपन म्युचुअल फण्ड बन्यो पहिलो

सिद्धार्थ क्यापिटलको खुलामुखी सामुहिक लगानी कोष योजनाले लाभांश घोषणा...

एक वर्षमा १२ लाख पर्यटक नेपाल भित्रिए, कुन देशबाट कति ?

एक वर्षमा १२ लाख विदेशी पर्यटकले नेपाल भ्रमण गरेका...

विदेशमा रहेका नेपालीहरु विकास र लगानी विस्तारका सद्भावना दूतः अर्थमन्त्री

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीहरू सरकारको विकास...
spot_img