Sunday, July 26, 2026
spot_img

कुन मूल्यमा भयो हिमस्टार उर्जाको पहिलो कारोबार ?

spot_img

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आजबाट हिम स्टार उर्जा कम्पनी लिमिटेडको शेयर कारोबार सुरु भएको छ। आज सोमबार स्पेसल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार भएको हो।

कम्पनीको पहिलो कारोबार २५२.२ रुपैयाँमा भएको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि ९९.१७ रुपैयाँदेखि २९७.५१ रुपैयाँसम्मको रेन्ज तोकेको थियो। यस रेन्जबीचको जुनसुकै मूल्यबाट कम्पनीको पहिलो कारोबार हुन सक्ने व्यवस्था रहेकोमा २५२.२ रुपैयाँमा पहिलो कारोबार भएको हो। कम्पनीको HIMSTAR सिम्बलबाट कारोबार भएको हो।

गत बिहीबार कम्पनीको ३७ लाख ३० हजार कित्ता शेयर सूचीकृत भएको थियो। कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको शेयर गत  साउन ३२ गते बाँडफाँड भएको थियो । कम्पनीले असार २४ गतेदेखि  असार २७ गते सर्वसाधारणलाई ७ लाख ७३ हजार ९ सय ७५ कित्ता शेयर निष्काशन गरेको थियो।  ।

यस कम्पनीले ओखलढुंगामा ५ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । यस कम्पनीका मुख्य शेयरधनीमा दिपक तिवारी, शोभा उप्रेती, ध्रुबलाल पाण्डे, नारायण प्रसाद उप्रेती, जगदीश पौडेल, किशोर दत्त बराल, भिजन लुम्बिनी लिमिटेड, दुतराज लामा लगायत रहेका छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

नागरिक एपबाटै ग्लोबल आइएमई बैंकमा खाता खोल्न सकिने

ग्लोबल आइएमई बैंकले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न...

सुनचाँदीको भाउ बढ्यो

आज आइतबार सुनचाँदीको भाउ बढेको छ । अघिल्लो दिन...

बुधबारबाट चाइनाबजार शुभारम्भ हुँदै, चीनमा बनेका सामग्री सिधै उपभोक्तासम्म

नेपाली उपभोक्तालाई लक्षित नयाँ ई–कमर्स प्लेटफर्म चाइनाबजारको औपचारिक शुभारम्भ...

सुरु भयो लाभांश घोषणाको क्रम, सिद्धार्थको ओपन म्युचुअल फण्ड बन्यो पहिलो

सिद्धार्थ क्यापिटलको खुलामुखी सामुहिक लगानी कोष योजनाले लाभांश घोषणा...

एक वर्षमा १२ लाख पर्यटक नेपाल भित्रिए, कुन देशबाट कति ?

एक वर्षमा १२ लाख विदेशी पर्यटकले नेपाल भ्रमण गरेका...

विदेशमा रहेका नेपालीहरु विकास र लगानी विस्तारका सद्भावना दूतः अर्थमन्त्री

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीहरू सरकारको विकास...
spot_img