तेह्रथुम पावर कम्पनी लिमिटेडको ३२ लाख कित्ता बढी शेयरको लकइन अवधि २०८१ भदौ २७ गते समाप्त हुने भएको छ । कम्पनीको संस्थापकले धारण गरेको ३८ लाख कित्ता शेयर, स्थानीयसँग रहेको ४ लाख कित्ता शेयर र कर्मचारीसँग रहेको १६ हजार कित्ता शेयरको लकइन अवधि खुल्ने लागेको हो ।
सार्वजनिक निष्काशन गरि शेयर बाँडफांड गरेको ३ वर्षसम्म यी शेयर बिक्री गर्न नपाइने गरि लकइनमा राख्नु पर्ने व्यवस्था छ ।लकइन अवधि खुलेपछि भने संस्थापक, स्थानीय र कर्मचारीले ति शेयर बिक्री गर्न सक्ने छन् । कम्पनीका संचालकले भने शेयर बिक्री गर्न पाउने छैनन् ।
कम्पनीले २०७८ भदौ २५ गते सर्वसाधारणलाई निष्काशन गरिएको शेयर बाँडफांड गरेको थियो ।