spot_img

उपसचिवको नेतृत्वमा धितोपत्र बोर्ड पुगेको थियो अख्तियारको टोली, ४ घण्टा बसेर फर्कियो

spot_img

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल धितोपत्र बोर्डमा छापा मारेको छ। आज दिउँसो अख्तियारको टोलीले बोर्डको खुमलटार स्थित कार्यालयमा छापा मारेको हो।

नेपाल धितोपत्र बोर्डका अध्यक्षको नाम लिंदै आईपीओ निष्काशन अनुमतिको लागि भन्दै केही व्यक्तिले कमिशन मागेको विषय बाहिर आएपछि अख्तियारले छापा मारेको हो । स्रोतका अनुसार अख्तियारको उपसचिवको नेतृत्वको ३ सदस्यीय टोली दिउँसो बोर्डको कार्यालय पुगेको थियो।

टोलीले बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठ, बोर्डका नियमन विभागका प्रमुख रहेका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ, उपकार्यकारी निर्देशक निरन्जय घिमिरे, उप कार्यकारी अधिकृत अम्बिका प्रसाद गिरी, निर्देशक शंकर रिमाल र तोलाकान्त न्यौपानेसँग ४ घण्टा बिताएको स्रोतले जनाएको छ। त्यस क्रममा टोलीले आईपीओको लागि आवेदन परेपछि अनुमति दिंदासम्मको चरणका प्रक्रियाहरुबारे प्रश्न गरेको थियो । त्यस्तै आवश्यक कागजातहरु बारेको विवरण पनि अख्तियारको टोलीले बुझेको छ। अख्तियारको टोलीले आईपीओ निष्काशनको क्रममा रहेका कम्पनीहरुको कागजातको विवरण पनि नियन्त्रणमा लिएको गएको छ। अख्तियारको टोली ३/४ बजे मात्र फर्किएको बताईएको छ।

केही हाइड्रोपावरका संचालकहरुले आईपीओ निष्काशनको लागि अनुमति चाहिने भए कमिशन दिनु पर्ने भन्दै आफुहरुलाई प्रस्ताव आएको बताएका थिए। हाइड्रोका संचालकहरुले ५ देखि ७ प्रतिशतसम्म कमिशन मागेको बताएका थिए। यसबारे अख्तियारमा पनि उजुरी परेको थियो।  कमिशनको विषय बाहिर आएपछि अख्तियारले बोर्डमा छापा मारेको हो ।

धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले भने आरोप कपोकल्पित भएको भन्दै आरोप पुष्टि गर्न चुनौती दिएका छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

गाडीको मूल्य घटेर आउँदा भन्सारलाई तनाव, आयातकर्तालाई हैरानी

विद्युतीय गाडी उत्पादनमा अहिले उत्पादक देशका कम्पनीहरुबीच तीव्र प्रतिस्पर्धा...

टाटाको जोयफुल विकः ४ लाख तिरेर टियागो ईभी घर लैजान पाइने

नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले नयाँ...

बजाजको निःशुल्क चेकअप क्याम्पः लेबर चार्जदेखि स्पेयर पार्टस् सम्ममा छुटैछुट

चाडपर्वको समय नजिकिँदै गर्दा मोटरसाइकलको नियमित तथा पूर्वसावधानीपूर्ण मर्मतसम्भारलाई...

टाटा कमर्सियल सवारीका ग्राहकले अब राती ९ बजेसम्म सर्भिस पाउने

टाटा मोटर्सको आधिकारिक आयातकर्ता सिप्रदी ट्रेडिङको आधिकारिक सर्भिस सेन्टर...

खाने तेलमा ‘कडा मापदण्ड’ तोकिँदै

सरकारले तोरी, भटमास र सूर्यमुखी तेलको नयाँ मापदण्ड तोक्ने...

काठमाडौं उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार

काठमाडौं उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार हुने भएको छ...