Friday, November 14, 2025
spot_img

उपसचिवको नेतृत्वमा धितोपत्र बोर्ड पुगेको थियो अख्तियारको टोली, ४ घण्टा बसेर फर्कियो

spot_img

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल धितोपत्र बोर्डमा छापा मारेको छ। आज दिउँसो अख्तियारको टोलीले बोर्डको खुमलटार स्थित कार्यालयमा छापा मारेको हो।

नेपाल धितोपत्र बोर्डका अध्यक्षको नाम लिंदै आईपीओ निष्काशन अनुमतिको लागि भन्दै केही व्यक्तिले कमिशन मागेको विषय बाहिर आएपछि अख्तियारले छापा मारेको हो । स्रोतका अनुसार अख्तियारको उपसचिवको नेतृत्वको ३ सदस्यीय टोली दिउँसो बोर्डको कार्यालय पुगेको थियो।

टोलीले बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठ, बोर्डका नियमन विभागका प्रमुख रहेका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ, उपकार्यकारी निर्देशक निरन्जय घिमिरे, उप कार्यकारी अधिकृत अम्बिका प्रसाद गिरी, निर्देशक शंकर रिमाल र तोलाकान्त न्यौपानेसँग ४ घण्टा बिताएको स्रोतले जनाएको छ। त्यस क्रममा टोलीले आईपीओको लागि आवेदन परेपछि अनुमति दिंदासम्मको चरणका प्रक्रियाहरुबारे प्रश्न गरेको थियो । त्यस्तै आवश्यक कागजातहरु बारेको विवरण पनि अख्तियारको टोलीले बुझेको छ। अख्तियारको टोलीले आईपीओ निष्काशनको क्रममा रहेका कम्पनीहरुको कागजातको विवरण पनि नियन्त्रणमा लिएको गएको छ। अख्तियारको टोली ३/४ बजे मात्र फर्किएको बताईएको छ।

केही हाइड्रोपावरका संचालकहरुले आईपीओ निष्काशनको लागि अनुमति चाहिने भए कमिशन दिनु पर्ने भन्दै आफुहरुलाई प्रस्ताव आएको बताएका थिए। हाइड्रोका संचालकहरुले ५ देखि ७ प्रतिशतसम्म कमिशन मागेको बताएका थिए। यसबारे अख्तियारमा पनि उजुरी परेको थियो।  कमिशनको विषय बाहिर आएपछि अख्तियारले बोर्डमा छापा मारेको हो ।

धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले भने आरोप कपोकल्पित भएको भन्दै आरोप पुष्टि गर्न चुनौती दिएका छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

मल्टीपर्पस फाइनान्स पनि आरटीजीएस प्रणालीमा आवद्द

मल्टीपर्पस फाइनान्स लिमिटेड पनि नेपाल राष्ट्र बैंकको Real Time...

७९ प्रतिशतले बढ्यो विकाश हाइड्रोपावरको खुदनाफा

विकाश हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो...

फ्रान्स पनि आगामी फिफा विश्वकपको लागि छनौट, ४८ मध्ये २९ देशको टुंगो लाग्यो

फ्रान्स राष्ट्रिय फुटबल टोलीले युरोपेली छनोट समूह 'डी' को...

नेपाली उपभोक्ताका लागि भरपर्दो र विश्वसनीय बन्दै हुन्डाईको क्रेटा इभी

नेपालमा इलेक्ट्रिक सवारी साधनप्रति उपभोक्ताको रुची बढ्दो छ ।...

४९.९५ मेगावाटको दाना खोला आयोजनाको इलेक्ट्रो मेकानिकल कार्य भारतको फ्लोभेलले गर्ने

लालुपाते हाईड्रोपावर कम्पनीले निर्माण गर्ने ४९.९५ मेगावाट क्षमताको दाना...

कुलमानले खारेज गरेको पुनरावलोकन समिति ब्यूँत्याउन उद्योगीहरुको माग

ऊर्जामन्त्री कुलमान घिसिङले खारेज गरेको प्रशासकीय पुनरावलोन समिति ब्यूँत्याउन...
spot_img
spot_img
spot_img