Tuesday, July 28, 2026
spot_img

पर्वत पैयु खोला हाईड्रोपावरको आईपीओ निष्कासन गर्ने तयारी

spot_img

पर्वत पैयु खोला हाईड्रोपावर आईपीओ निष्कासन गर्ने तयारी गरेको छ। कम्पनीको गत जेठ १० गते बसेको सञ्चालक समितिको बैठकले आईपीओ प्रस्ताव पारित गर्न विशेष साधारण सभा बोलाएको हो।

सभा आगामी असार ३ गते काठमाडौंस्थित टोखामा बिहान १० देखि शुरु हुनेछ । सभाले सर्वसाधारणलाई आईपीओ जारी गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा कुनै संशोधन गर्नुपरेमा वा प्रस्तावित संशोधनमा नियमनकारी निकायबाट कुनै फेरबदल वा सुझाव भएमा आवश्यक संशोधन गर्न  सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने विशेष प्रस्ताव पारित गर्ने छ ।

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने प्रस्ताव पारित गर्ने तथा  कम्पनीको आयोजना,संरचना, बिक्री वा हस्तान्तरणका लागि आवश्यक प्रक्रिया पुरा गर्न गर्नुपर्ने सम्पूर्ण कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्ने छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

विद्युत विकास विभागको महानिर्देशक परिवर्तन हुँदै, गौतमको चर्चा

सरकारले विद्युत विकास विभागको महानिर्देशक परिवर्तन गर्न लागेको चर्चा...

सेबोन पुगे अर्थमन्त्री वाग्ले, राष्ट्र बैंकको जतिकै हैसियतमा पुग्ने गरी काम अघि बढाउँन निर्देशन

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपाल धितोपत्र बोर्डको कार्यालय...

असारको विद्युत खपतमा भ्याट नलाग्ने

आन्तरिक राजस्व विभागले २०८३ असार महिनाको विद्युत खपतमा मूल्य...

इण्डियन च्याम्बर अफ कमर्शद्वारा नेपाल एसबिआई बैंक सम्मानित

नेपाल एसबिआई बैंक लिमिटेड इण्डियन च्याम्बर अफ कमर्शद्धारा बैंक...

सर्वोच्चको फैसला : ‘महाप्रसाद अधिकारीको योग्यता सम्बन्धमा थप विश्लेषण गर्नुपर्ने देखिएन’

सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको...
spot_img