Monday, July 13, 2026
spot_img

सर्वसाधारणलाई आजदेखि खुल्यो बन्दीपुर केवलकारको आईपीओ

spot_img

बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले आज भदौ ११ गतेदेखि आम सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले सर्वसाधारणलाई ४३ लाख ४१ हजार ८० कित्ता शेयर निष्काशन गरेको हो।

यस निष्काशनमा भदौ १५ गतेसम्म आवेदन दिन सकिने छ। आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सकिने छ। शेयर निष्काशनको लागि नेपाल एसबिआई मर्चेन्ट बिक्री प्रबन्धक रहेको छ।

कम्पनीले यस अघि नै आयोजना प्रभावित तनहुँ र गोरखा जिल्लाका स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई शेयर निष्काशन गरिसकेको छ। नेपाल धितोपत्र बोर्डले असार १९ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो। बोर्डबाट अनुमति पाएसंगै कम्पनीले कुल ५८ करोड ६० लाख रुपैयाँ बराबरको ५८ लाख ६० हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीले तनहुमा केवलकार र होटेल संचालन गरिरहेको छ। केवलकार मार्फत बन्दीपुर गाउँपालिका–४ को डुम्रेबजार नजिकै केबलकारचोकबाट बन्दीपुर मन्दिरसम्म एक हजार सात सय मिटर दूरी ७ मिनेटमा पार गर्न सकिन्छ।

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

जुलाईभरि HONOR 600 र HONOR 600 Pro खरिद गर्दा स्मार्टवाच सित्तैमा

स्मार्टफोन कम्पनी HONOR ले HONOR 600 र HONOR 600...

दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त

नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त भएका छन्...

पासपोर्ट व्यवस्थापनमा आजदेखि नयाँ प्रणाली

राहदानी विभागले आजदेखि नयाँ राहदानी उत्पादन तथा व्यवस्थापन प्रणालीमार्फत...

टाइम फर्मास्यूटिकल्स आईपीओ: QII को लागि ५०० देखि ७५० रुपैयाँसम्म हुने गरि मूल्य निर्धारण

टाइम फर्मास्यूटिकल्स लिमिटेडले बुक विल्डिङ्ग बिधि मार्फत निष्काशन हुने...

सर्वोत्तम पेन्ट्सको शेयर डिम्याट गराउन सम्झौता

सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन...

घट्यो सुनचाँदीको मूल्य

आज सोमबार सुनको भाउ घटेको छ । आइतबार प्रतितोला...
spot_img