Tuesday, July 15, 2025

विकाश हाइड्रोपावरको IPO भर्ने आज अन्तिम दिन

spot_img
spot_img

विकाश हाइड्रोपावर कम्पनी लिमिटेडले निष्काशन गरेको आईपीओमा आवेदन दिने आज असार २२ गते अन्तिम दिन रहेको छ। कम्पनीले असार १८ गतेदेखि आम सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको हो।

कम्पनीले सर्वसाधारणलाई २९ लाख ४२ हजार ७ सय ६० कित्ता शेयर निष्काशन गरेको हो।  आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सकिने छ। शेयर निष्काशनको लागि प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

कम्पनीले यस अघि नै  गोरखाका आयोजना प्रभावित स्थानिय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई शेयर निष्काशन गरि बाँडफाँड गरिसकेको छ।

नेपाल धितोपत्र बोर्डले  वैशाख १६ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको थियो । कम्पनीले कुल ४४ करोड ५४ लाख ५९ हजार ६ सय रुपैयाँ बराबरको ४४ लाख ५४ हजार ५ सय ९६ कित्ता शेयर निष्काशन गर्नेभएको हो।

यस कम्पनीले गोरखाको धार्चे गाउँपालिका ४ मा ४.५५ मेगावाको माथिल्लो माछाखोला आयोजना निर्माण सम्पन्न गरि २०७९ फागुनबाट विद्युत उत्पादन गरिरहेको छ।  हाल कम्पनीमा खग्रेन्द्र न्यौपानेको १४ प्रतिशत, कृष्ण प्रसाद घिमिरेको ८ प्रतिशत, सरोज धितालको ८ प्रतिशत, राजकुमार गुरुङको ७ प्रतिशत, इन्द्र बहादुर ढकालको ५ प्रतिशत, र सुनिल श्रेष्ठको ४ प्रतिशत शेयर स्वामित्व रहेको छ ।

विकाश हाइड्रो: समयभन्दा ४ महिना अगावै आयोजना सम्पन्न, यसैवर्ष साढे ५ करोड नाफा प्रक्षेपण

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img

ओझा निलम्बनमा परेपछि बीमा प्राधिकरण अध्यक्षमा पोखरेल, लिए सपथ

अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेलले नेपाल बीमा प्राधिकरणको अध्यक्षको...

 माछापुच्छ्रे क्यापिटलद्वारा श्रम राष्ट्रिय माध्यमिक विद्यालयलाई कम्प्युटर सहयोग

माछापुच्छ्रे क्यापिटल लिमिटेडले श्रम राष्ट्रिय माध्यमिक विद्यालयलाई कम्प्युटर सहयोग...

ईभीको बढ्दो दुर्घटनाः प्रविधि असुरक्षित होइन, दोष कसको ?

अहिले सामाजिक सञ्जालमा विद्युतीय सवारी साधनको दुर्घटनालाई अस्वभाविक रुपमा...

एनआरएनए जापानको अध्यक्षमा सिद्धार्थ श्रेष्ठको उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको अध्यक्षमा सिद्धार्थ श्रेष्ठले उम्मेदवारी...

मंगलम इन्डष्ट्रिज लिमिटेडलाई अवसर इक्वीटी डाइभर्सिफाइड फण्डको ३८ करोड लगानी

मंगलम इन्डष्ट्रिज लिमिटेड (एमआईएल)ले निजी इक्विटी फण्ड अवसर इक्वीटी...

नेप्सेमा ट्रेड टावरको शेयर सूचीकृत, बुधबार कुन मूल्यमा हुन्छ पहिलो कारोबार ?

नेपाल स्टक एक्सचेन्जमा ट्रेड टावर लिमिटेडको शेयर सूचीकृत भएको...
spot_img