Thursday, July 30, 2026
spot_img

ओम मेगाश्री फर्मासुटिकल्सको आईपीओमा मागभन्दा १६ गुणा बढीको आवेदन

spot_img

ओम मेगाश्री फर्मासुटिकल्स लिमिटेडले निष्काशन गरेको आईपीओमा माग भन्दा १६ गुणा बढीको आवेदन परेको छ। आवेदन दिने अन्तिम दिन आज आइतबार साँझसम्ममा कम्पनीको आईपीओमा १९ लाख ८५ हजार ६ सय ६३ जना आवेदकबाट २ करोड ३६ लाख ५९ हजार १ सय २० कित्ताको लागि आवेदन परेको हो ।

यो माग गरिएको भन्दा १६.०२ गुणा बढीको आवेदन परेको हो । माग भन्दा बढीको आवेदन परेकोले कम्पनीको आईपीओ गोलाप्रथा मार्फत बाँडफाँड हुने छ। जसमा १ लाख ४७ हजार ६ सय जनाले मात्र १० कित्ताको दरले शेयर पाउने छन्  । बाँकि आवेदन हात खाली हुने छन् ।

कम्पनीले फागुन २७ गतेदेखि आज चैत्र ३ गतेसम्म  आम सर्वसाधारणलाई १४ लाख ७६ हजार कित्ता शेयर निष्काशन गरेको हो ।  शेयर निष्काशनको लागि प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

कम्पनीले यस अघि नै श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई शेयर निष्काशन गरि बाँडफांड गरिसकेको छ ।  नेपाल धितोपत्र बोर्डले माघ ३ गते कम्पनीलाई आईपीओ निष्काशन गर्ने अनुमति दिएको थियो ।

यो ओम मेगाश्री औषधि उत्पादन गर्ने कम्पनी हो ।  यस कम्पनीमा गैरआवासीय नेपाली समेतको लगानी छ। झण्डै सवा अर्ब लगानीमा सुरु भएको ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको उत्पादन कारखाना चितवनको जुगेडीमा रहेको छ । कम्पनीका अध्यक्ष अर्जुनकुमार श्रेष्ठ हुन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

एनआरएनलाई पुँजीबजारमा भित्र्याउनेबारे छलफल

नेपाल धितोपत्र बोर्ड र गैर आवासीय नेपालीका प्रतिनिधिहरू बीच...

धितोपत्र बोर्डले विवादित डबल आईजीन स्वीकृत नगर्ने, एकल आईजीनले नै निरन्तरता पाउँदै

नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष डा. गोपाल भट्टले ‘डबल...

ठूलो ब्याट्री र थपिएका फिचर्ससहित नेपाली बजारमा देखियो टाटा पन्च

टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले नयाँ...

एकसाथ ९ वटा विधेयक संसदमा पेश गर्ने सरकारको निर्णय

सरकारले एकसाथ ९ वटा विधेयक संघीय संसदमा पेश गर्ने...

बालेन सरकारको यातायात नीतिः ईभी बस किन्नेलाई ऋण, प्राईभेट सेक्टरले पनि हाई–वे बनाउन पाउने

प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारले ‘राष्ट्रिय यातायात नीति...

आइ.सि.एफ.सि. फाइनान्सका ग्राहकलाई जय नेपाल हलमा १२ प्रतिशत छुट

आइ.सि.एफ.सि. फाइनान्सका ग्राहकले जय नेपाल सिनेमा हलमा फिल्मको टिकट...
spot_img