Tuesday, July 28, 2026
spot_img

ओम मेगाश्री आईपीओ रिभ्यु: कस्तो छ कम्पनी र वित्तीय विवरण?

spot_img

औषधि उत्पादन गर्ने कम्पनी ओम मेगाश्री फर्मासुटिकल्स लिमिटेडले आज फागुन २७ गतेदेखि आम सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले सर्वसाधारणलाई १४ लाख ७६ हजार कित्ता शेयर निष्काशन गरेको हो ।

यस निष्काशनमा सर्वसाधारणले चैत्र ३ गतेसम्म आवेदन दिन सक्ने छन् । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्ने छन् । शेयर निष्काशनको लागि प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

कम्पनीले यस अघि नै श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई शेयर निष्काशन गरि बाँडफांड गरिसकेको छ। नेपाल धितोपत्र बोर्डले माघ ३ गते कम्पनीलाई आईपीओ निष्काशन गर्ने अनुमति दिएको थियो ।

कम्पनी परिचय

औषधि ऐन २०३५ र औषधि दर्ता नियमावली २०३८ को अधिनमा रही २०७२ असार १७ गते ओमेगा फर्मास्युटिकल्स प्रा.लि. लाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय औषधि व्यवस्था विभागबाट देवीस्थान ६, पर्वतमा औषधि उद्योग स्थापनाको लागि सिफारिस प्राप्त भएको थियो। औषधि व्यवस्था विभागको २०७३/११/२४ को निर्णयअनुसार ओमेगा फर्मास्युटिकल्स प्रा.लि. नाम संशोधन गरी ओम मेगाश्री फर्मास्युटिकल्स र ठेगाना संशोधन गरी उद्योग रहने स्थान कविलास गा.वि.स. वडा नं. ६ चितवन कायम भएको थियो। ओम मेगाश्री फर्मास्युटिकल्स प्रा.लि. २०७३ साल जेठ ३० गते प्रा.लि.का रूपमा कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भयो । सङ्गठित संस्थाले उद्योग विभाग, त्रिपुरेश्वर काठमाडौँबाट २०७४ जेठ ७ गते ओम मेगाश्री फर्मास्युटिकल्स प्रा.लि. उद्योग दर्ता गरेको थियो। २०७३ साल जेठ ३० गते प्रा.लि.का रूपमा कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएको ओम मेगाश्री फर्मास्युटिकल्स प्रा.लि. २०७९ असार ३१ गते कम्पनी रजिष्ट्रारको कार्यालयको पत्रअनुसार प्रा.लि.बाट पब्लिक लिमिटेडमा परिणत भई ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडमा अभिलेख भई कारोबार सञ्चालन गर्दै आएको छ ।

कम्पनीले हाल ३१ वटा ब्राण्डको औषधि उत्पादन गरि बिक्री वितरण गरिरहेको छ । हाल कम्पनीले उत्पादन क्षमताको २० प्रतिशत मात्र उपयोग गरेको छ । सन् २०२६ सम्म बजार विस्तार गरि उद्योगलाई ८० प्रतिशत क्षमतामा चलाउने र सन् २०२७ सम्म १०० प्रतिशत उत्पादन क्षमता उपयोग पु¥याउने कम्पनीको लक्ष्य छ ।

सहायक कम्पनी

यस कम्पनीको दुई वटा सहायक कम्पनी छ । ओम मेगाश्री इन्टरनेशनल प्रा. लि. र ओम मेगाश्री मेडीको प्रा. लि. कम्पनीका सहायक कम्पनी हुन् । दुवै सहायक कम्पनीमा मुख्य कम्पनीको शतप्रतिशत लगानी गरेको छ ।

पुँजी संरचना

हाल कम्पनीको चुक्ता पुँजी ४२ करोड रहेको छ। जुन संस्संस्थापक शेयरधनीहरुको लगानी हो । कम्पनी वैदेशिक रोजगारीमा रहेका नेपालीलाई १८ करोड रुपैयाँ बराबरको शेयर निष्काशन गरिसकेको छ। अब कम्पनीले आम सर्वसाधारणलाई १६ करोड २० लाख रुपैयाँ बराबरको शेयर निष्काशन गरेपछि कम्पनीको चुक्ता पुँजी ६० करोड पुग्ने छ।

आधारभूत शेयरधनी र संचालक समितिको विवरण

कम्पनीको आधारभूत शेयरधनीहरुमा अर्जुन कुमार श्रेष्ठ, कमल पन्थी, अर्जुन प्रसाद काफ्ले, लक्ष्मण घिमिरे, एस.डि.एस. होल्डिङ्गस प्रा.लि. , सौरभ आचाय, जगदिश शर्मा , डा.सुर्यज्योती श्रेष्ठ , फर्शुराम पाण्डे , प्रकाश उप्रेती , अञ्जु नेपाल मरासिनी, फस्ट क्यापिटल प्रा.लि, प्रगति पौडेल काकी, नृपेश बस्नेत, बाबुराम पन्थी, ललिता बस्याल, शंखर प्रसाद पण्डित लगायत छन् । श्रेष्ठ कम्पनीका अध्यक्ष पनि हुन् ।  २०७३ साल बर्षदेखि हालसम्म उनी कम्पनीको अध्यक्ष छन् ।

कम्पनीको अन्य संचालकहरुमा कमल पन्थी, अर्जुन प्रसाद काफ्ले, रविन्द्रराज श्रेष्ठ, नेत्र नाथ पौडेल, सिताराम जोशी, र जेनी थापा मगर रहेका छन् । कम्पनीले आईपीओ निष्काशन गरेपछि कम्पनीमा सर्वसाधारण शेयरधनीको तर्फबाट पनि संचालक हुने छ।

कर्मचारी विवरण

कम्पनीमा कुल ९९ जना कर्मचारी छन्। सबै स्थायी कर्मचारी हुन् । कम्पनीको व्यवसाय प्रशासन निर्देशकमा प्रगति पौडेल, वरिष्ठ लेखापालमा अर्जुन पन्थी, क्षेत्रीय व्यापार प्रबन्धकमा रवि कृष्ण ताम्राकार, उत्पादन व्यवस्थापकमा सल्मा राउत, तथा सहायक गुणस्तर प्रत्यायन प्रवन्धकमा आलोक कुमार झा छन् ।

बीमा विवरण

कम्पनीले सम्भावित जोखिमको लागि युनाइटेड अजोड इन्स्योरेन्समा बीमा गराएको छ। कम्पनीले भवन, मसं र फर्निचरको ६० करोड बिमांक रकमको र अन्य साधनको ३५ लाख ७७ हजार बिमांकको बीमा गराएको छ।

वित्तीय विवरण

कम्पनीको आ.व.०८०/०८१ को लेखापरिक्षण भएको वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा १ करोड ३८ लाख ५२ हजार थियो । कम्पनीको आ. व. २०८१/८२ को पुस मसान्तसम्म कम्पनीको खुद नाफा ४१ लाख २९ हजार रुपैयाँ छ। आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्म कम्पनीले ३ करोड ४३ लाख खुद नाफा कमाउने प्रक्षेपण गरेको छ। त्यसपछि दुई आर्थिक वर्षमा कम्पनीले आफ्नो खुद नाफा क्रमश ५ करोड ८७ लाख , र ८ करोड ४६ लाख हुने प्रक्षेपण गरेको छ। कम्पनीले आर्थिक वर्ष २०८२/८३ मा veterinary, eye & ear drops र आर्थिक वर्ष २०८३/८४ मा Cephalosporin Block बाट थप औषधि बिक्री भई आम्दानी र नाफा बढ्ने कम्पनीको प्रक्षेपण छ।

आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको वास्तविक प्रति शेयर नेटवर्थ १०५.०३ रुपैयाँ थियो । आर्थिक वर्ष २०८१/८२, आर्थिक वर्ष २०८२/८२, र आर्थिक वर्ष २०८३/८४ मा कम्पनीले प्रति शेयर नेटवर्थ क्रमश १०८.५५ रुपैयाँ , ११८.२८ रुपैयाँ र १२३.९२ रुपैयाँ हुने प्रक्षेपण गरेको छ।

त्यस्तै आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको वास्तविक प्रति शेयर आम्दानी ३.३० रुपैयाँ थियो । आर्थिक वर्ष २०८१/८२, आर्थिक वर्ष २०८२/८२, र आर्थिक वर्ष २०८३/८४ मा कम्पनीले प्रति शेयर आम्दानी क्रमश ५.७३ रुपैयाँ , ९.७९ रुपैयाँ र १४.१० रुपैयाँ हुने प्रक्षेपण गरेको छ।

पुँजीको उपयोग

कम्पनी कुल १८ करोड रुपैयाँको आईपीओ निष्काशन गर्दै छ । कुल १८ करोड मध्ये कम्पनीले ८ करोड रुपैयाँ बैंकको ऋण तिर्न प्रयोग गर्ने छ। र १० करोड रुपैयाँ कम्पनीको व्यवसाय विस्तारको लागि प्रयोग गर्ने छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

विद्युत विकास विभागको महानिर्देशक परिवर्तन हुँदै, गौतमको चर्चा

सरकारले विद्युत विकास विभागको महानिर्देशक परिवर्तन गर्न लागेको चर्चा...

सेबोन पुगे अर्थमन्त्री वाग्ले, राष्ट्र बैंकको जतिकै हैसियतमा पुग्ने गरी काम अघि बढाउँन निर्देशन

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपाल धितोपत्र बोर्डको कार्यालय...

असारको विद्युत खपतमा भ्याट नलाग्ने

आन्तरिक राजस्व विभागले २०८३ असार महिनाको विद्युत खपतमा मूल्य...

इण्डियन च्याम्बर अफ कमर्शद्वारा नेपाल एसबिआई बैंक सम्मानित

नेपाल एसबिआई बैंक लिमिटेड इण्डियन च्याम्बर अफ कमर्शद्धारा बैंक...

सर्वोच्चको फैसला : ‘महाप्रसाद अधिकारीको योग्यता सम्बन्धमा थप विश्लेषण गर्नुपर्ने देखिएन’

सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको...
spot_img